Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबी बैंकले माग्यो विभिन्न पदमा कर्मचारी 

admin २०७३ आश्विन १ गते
सेयर:

nmb bankएनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो । 

मेनेजमेन्ट प्रशिक्षार्थीले बैंकका सबै क्षेत्रको औपचारिक प्रशिक्षण पाउनेछन् । प्रशिक्षण अवधि सकिएपछि उनीहरुको काम हेरेर जिम्मेवारी दिइने बताइएको छ । यसका लागि कुनै पनि विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर गरेको र २८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

रिलेसनसिप मेनेजरका लागि कम्तीमा कुनै पनि विषयमा स्नातकोत्तर गरेको र तीन वर्ष रिलेसनसिप मेनेजमेन्ट सम्बन्धि काम गरेको हुनुपर्नेछ । स्नातकोत्तर गरेका र फाइनान्स, मेनेजमेन्ट अथवा लेखा विषयमा अध्धयन गरेकालाई प्राथमिकता दिइनेछ ।

एसिस्टेन्ट रिलेसनसिप मेनेजरका लागि पनि विजनेस, फाइनान्स, मेनेजमेन्ट या लेखा विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि निवेदन दिन सक्नेछन् । साथै, वाणिज्य बैंकमा दुई वर्ष (कम्तीमा एक वर्ष क्रेडिट अथवा रिलेसनसिप मेनेजमेन्टमा रहेर) काम गरेको हुनुपर्नेछ ।

अपरेसन इन्चार्जको हकमा विजनेस, फाइनान्स, मेनेजमेन्ट या लेखामा स्नातकोत्तर गरेको वाणिज्य बैंकमा दुई वर्ष (कम्तीमा एक वर्ष अपरेसन विभागमा रहेर) काम गरेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउनेछन् ।

ब्रान्च मेनेजरका लागि फाइनान्स, मेनेजमेन्ट या लेखा विषयमा स्नातकोत्तर गरी कम्तीमा तीन वर्ष बैंकिङ क्षेत्रमा ब्रान्च मेनेजमेन्टको जिम्मेवारी सम्हालेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि दरखास्त दिन सक्नेछन् । 

इच्छुक तथा बैंकले तोकेबमोजिम योग्यता पुगेका उम्मेदवारले असोज ९ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ इन्स्योरेन्स

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

२०८३ बैशाख १५ गते

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४९ प्रतिशतले बढ्यो मुख्य

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४९ प्रतिशतले बढ्यो

२०८३ बैशाख १५ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला Banner News

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला

२०८३ बैशाख १५ गते

सहकारीको भद्रगोल व्यबस्थापन : फरारको सूचि १ हजार पाँच सय ! मुख्य

सहकारीको भद्रगोल व्यबस्थापन : फरारको सूचि १ हजार पाँच सय !

२०८३ बैशाख १४ गते