Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको मुनाफा ११९ प्रतिशतले बढ्यो

२०७३ माघ २६ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ३३ लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय १९ दशमलव ५७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेको इन्स्योरेन्सले तीन करोड ३४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीको आम्दानी एक सय १२ दशमलव ८१ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खर्च एक सय तीन दशमलव ४१ प्रतिशतले बढेर चार करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिमा बीमाशूल्क वापत ३८ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ भने आठ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले ९७ हजार तीन सय ४५ वटा बीमा लेख जारी गरी एक हजार पाँच सय ६७ वटा दाबी भुक्तान गरेको हो । 

३२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड ७६ लाख रुपैयाँ र बीमाकोषमा २१ करोड ६७ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४५ दशमलब २६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ दुई सय १२ दशमलव ४५ रुपैयाँ र  मुल्य आम्दानीको अनुपात १८ दशमलब ३१ गुणा रहेको छ ।