Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१५६ करोडको ट्रेजरी बिल सोमबार

admin २०७३ पुष १७ गते
सेयर:

नेपाल राष्ट्र बैंकले एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले नेपाल सरकारका लागि आन्तरिक ऋण जुटाउन सोमबार उक्त अनुपातमा ट्रेजरी बिल विक्री गर्न लागेको हो । ट्रेजरी बिल अनलाइन बोलकबोलको आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 

सोमबार राष्ट्र बैंकले दुई प्रकारका ट्रेजरी बिल विक्री गर्नेछ । ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिको हुनेछ, जुन आगामी चैत्र २२ गते परिपक्व हुनेछ । बाँकी एक अर्बको ट्रेजरी बिल ३६४ दिने हुनेछ, जुन ०७४ पुस १८ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि पुस ११ गते १० अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । जसमध्ये, नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने रहेको छ, जुन आगामी चैत १५ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ३६४ दिने रहेको छ । यो ट्रेजरी बिल ०७४ पुस ११ गते परिपक्व हुनेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।