December 26th, 2016

शिखर इन्स्योरेन्सको ६० प्रतिशत बोनस सेयर पारित

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभाले ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ३.१५७८९ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । हाल शिखर इन्स्योरेन्सको चुक्ता पुँजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ८१ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]