December 22nd, 2016

बीमा समितिमा अध्यक्षको कार्यकाल सकियो

बीमा समितिमा अध्यक्षको पद बिहिबारबाट रिक्त भएको छ । बिमा समितिका निवर्तमान अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीको आजबाट कार्यकाल सकिए पछि बिमा समिति रिक्त बनेको हो । रिक्त अध्यक्षको पदमा कसलाई ल्याउने भन्ने सरकारले अझै टुंगो लगाउन सकेको छैन् । रिक्त भएको  लागेको अध्यक्ष पदका लागि झण्डै दुई दर्जन आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्षको कार्यकाल सकिनु पूर्व एक महिना अगाडी देखिनै भावी अध्यक्षका लागि दुइ दर्जन आकांक्षीले तीब्र रुपमा दौडधुप गरिरहेका छन् । बिमा समितिको अध्यक्ष को बन्ला भन्ने आज साझ बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नेछ । 
बीमा समिति नेपालको बीमा ब्यवसायलाई ब्यवस्थित, बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा ऐन, २०४९ अनुसार स्थापना गरिएको एक स्वशासित संस्था हो । यस संस्थाले नेपालका बीमा कम्पनीहरुलाई नियमन गर्ने गर्दछ । नेपालमा बीमा व्यवसायलाई अत्यन्तै सम्भावनायुक्त व्यवसायका रुपमा पनि हेरिएको छ । पछिल्लो समय बीमा व्यवसायको अवस्था पनि निकै राम्रो देखिन्छ । त्यसैले पनि बीमा कम्पनीहरुको नियामक बीमा समितिको भावी अध्यक्ष पदका लागि पूर्वसचिवदेखि बीमा कम्पनीका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायतले दौडधुप थालेका हुन् । समितिको अध्यक्ष बन्न चाहानेहरु करिब महिना दिन अघिदेखि नै अर्थमन्त्रालय धाउन थालेका स्रोतको दाबी छ ।  


को–को छन् आकांक्षी ?
बीमा समितिको अध्यक्ष पदका लागि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष विजयबहादुर शाह पनि इच्छुक देखिएको बताइएको छ । उनलाई बिमक संघले नै अध्यक्षका लागि अघि सारेको पनि बुझिएको छ । स्रोतका अनुसार, अध्यक्ष बन्ने होडमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे, पोखरा विश्वविद्यालयकै प्राध्यापक दिपक भण्डारी, पुनर्बीमा कम्पनीका सीइओ चिरायु भण्डारी, बैंकर लक्ष्मण घिमिरे, हरि घिमिरे, पूर्व सचिवलगायत केही बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अर्थ मन्त्रालय पुगेका छन् । अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार बीमा समितिको अध्यक्ष पदका लागि झण्डै २ दर्जन अकांक्षीले मन्त्रालयमा पुगेर लबिङ गरिरहेका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]