Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गार्डियन माइक्रो लाइफको साधारणसभा प्राधिकरणले रोक्यो

२०८२ बैशाख ४ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा रोकेको छ। इन्स्योरेन्सले वैशाख ५ गते (भोलि)का लागि साधारणसभा बोलाएको थियो।

साधारणसभाको अन्तिम तयारीबीच प्राधिकरणको नियमन विभागले २ गते पत्र पठाउँदै तत्काल साधारणसभा नगर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि शुक्रबार गर्ने भनिएको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ। प्राधिकरणले के कुरामा साधारणसभा रोक्यो भन्ने कुरा खुलाइएको छैन।