Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु र सगरमाथा इन्स्योरेन्स : कसको प्रगति कस्तो ?

admin २०७३ कार्तिक ३० गते
सेयर:

pravuप्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभुले १ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

इन्स्योरेन्सको आम्दानी २१ दशमलव ४२ प्रतिशतले बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खर्च पनि १६ दशमलव ६६ प्रतिशतले बढेर १ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २४ करोड २२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै १० करोड ५९ लाख रुपैयाँ बराबरको कुल दाबीभुक्तानी गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या २१ हजार ५ सय ९३ वटा र कुल दाबी भुक्तानी संख्या ४ सय १४ वटा रहेको छ ।

३२ करोड ९० लाख रुपैया चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ११ करोड ४ लाख रुपैयाँ र बीमा कोषमा २५ करोड ८१ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ, मुल्य आम्दानी अनुपात २ सय ९६ गुणा, प्रति शेयर नेटवोर्थ २ सय १२ रुपैयाँ र तरलता अनुपात १ दशमलव ७८ प्रतिशत रहेको छ ।

sagarmathaयता, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथाले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी १ सय ८३ प्रतिशतले बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १ सय ५० प्रतिशतले बढेर २ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा १६ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क (खुद) आर्जन गरेको छ भने ७ करोड ४४ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ ।

४४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ जगेडाकोषमा र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रति शेयर आम्दानी ७ दशमलब ०१ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ३८ दशमलव ९१ रुपैयाँ, तरलता अनुपात २ दशमलब ४२ गुणा र पि.ई. अनुपात ३ सय २८ दशमलव ७५ गुणा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।