कुमारी बैंकले आईटी सुपरभाइजर, सुपरभाइजर, अफिसररआईटी सिनियर अफिसर, अफिसररसिनियल अफिसर, एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजर, मेनेजररसिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजर पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकमा जागीरका लागि आवेदन दिने म्याद बुधबार सकिँदैछ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न ५ वटा पदका लागि दरखास्त बुझाउन दिएको समयावधि पनि बुधबार नै सकिँदैछ । त्यस्तै, स्वरोजगार लघुवित्त बैंकले तालिमे कर्मचारीहरु माग गरेकोमा सोको म्याद पनि बुधबार नै सकिँदैछ ।
यीबाहेक थुप्रै बैंक तथा वित्तीय संस्थाले यतिबेला विभिन्न पदका लागि कर्मचारी माग गरिरहेका छन् । आफ्नो व्यवसाय बढाउने तथा ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले नयाँ शाखाहरु थपिँदै जाँदा बैंकिङ क्षेत्रमा जागीर पनि बढेको छ । हाल, कर्मचारी आवश्यकता भएकामध्ये चार वटा क वर्गका बैंक छन् :
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा मेनेजमेन्ट क्षेत्रका लागि दरखास्त आह्वान गरेको हो । सो पदका लागि कमर्स, मेनेजमेन्ट या इकोनोमिक्समा कम्तीमा ६० प्रतिशत प्राप्तांक ल्याएर मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ । अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ । उक्त पदका लागि छनौट हुनेले बैंकको मुलुकभरका जुनसुकै शाखका पनि काम गर्नुपर्ने बताइएको छ । राम्रो काम गरेमा एक वर्षपछि अफिसर लेभलको एउटा पदमा औपचारिक रुपमै नियुक्त गरिने बैंकले उल्लेख गरेको छ । आवेदक २८ वर्ष उमेर ननाघेको, अ्रग्रेजी र नेपाली बोली तथा लेखाईमा पोख्त र कम्प्युरसम्बन्धि ज्ञान भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्ने छ ।
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले उपत्यका बाहिरका शाखाहरुका लागि शाखा व्यवस्थापक माग गरेको हो । आवश्यक योग्यता पुगेका, इच्छुक र लगनशीलका साथै व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अग्रेजी लेखन र बोलीमा पोख्त, माइक्रोसफ्ट अफिसमा नेपाली र अंग्रेजी दुबै टाइपिङ जानेको नेपाली नागरिकलाई १८ सेप्टेम्बर अर्थात असोज २ गते साँझ ५ बजेभित्रमा www.citizensbank.com.np/career.php मा गई अनलाइन एप्लिकेसन फर्म भर्न आह्वान गरिएको छ । अनलाइन फर्म भर्दा आफूले काम गर्न चाहेको ब्रान्चको नामसमेत खुलाउन आग्रह गरिएको छ । स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकमा विभिन्न पदमा २४९ जनाका लागि जागिर खुलेको छ । बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्नेछ । प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ जना कर्मचारी माग गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनुपर्ने बताइएको छ । यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (नगद) मा ५० जनाको दरखास्त आह्वान गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उतीर्ण हुनु पर्नेछ । यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविध बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ । बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी माग गरेको छ । चार तहको सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ । फारम भर्ने मिति असोज २८ गतेसम्म रहेको छ ।
नविल बैंक
नविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ । बैंकले बैंकको सेक्युरिटी व्यवस्थापन पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, इन्डियन आर्मी या व्रिटिश आर्मीबाट सुपरइन्टेन्डेन्ट अथवा कर्नेल रही काम गरेर अवकाशप्राप्त ६० वर्ष उमेर नपुगेका, कम्प्युटर बारे जानकारी भएको, अंग्रेजी र नेपाली भाषा जानेको र सीसीटीभी, आलर्म सिस्टम जस्ता सेयुरिटी ग्याजेटहरु ह्यान्डल गर्न सक्ने नेपाली नागरिकलाई २१ सेप्टेम्बर अर्थात असोज ५ गते साँझ ५ बजेभित्रमा वायोडाटा र निवेदन vacancy@nabilbank.com मार्फत पठाउन आह्वान गरिएको छ ।
त्यस्तै, कर्मचारी माग गर्नेमध्ये एउटा विकास बैंक अर्थात ख वर्गको बैंक रहेको छ :
महालक्ष्मी विकास बैंक
हालसालै स्थापना भएको राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले केही संख्यामा सिनियर एसिस्टेन्ट र सुपरभाइजर माग गरेको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सबिच मर्ज भएको बनेको विकास बैंकले मान्यताप्राप्त शिक्षण संस्थाबाछ आईटी या कम्प्युटर इन्जिनियरिङमा स्नातक उतीर्ण गरेको ३५ वर्ष उमेर ननाघेको, बैंक तथा वित्तीय संस्थामा रही पुमोरी सिस्टममा कम्तीमा ३ वर्ष काम गरेको कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र निवेदन, वायो डाटा र हालसालै खिचेको फोटो career@mahalaxmi.com.np पठाउन आह्वान गरिएको छ ।
यसबाहेक, तीन वटा घ वर्गका वित्तीय संस्था अर्थात लघुवित्त बैंकहरुले पनि कर्मचारी माग गरेका छन् :
आशा लघुवित्त
हालसालै सञ्चालनमा आएको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय र भविष्यमा खुल्ने शाखा कार्यालयहरुका लागि विभिन्न आठ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई भदौ ३० गतेभित्रमा कम्पनीको इमेल ठेगाना ashamicrofinance@gmail.com मा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो पठाउन आह्वान गरिएको छ ।
रुरल माइक्रोफाइनान्स
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक (कम्प्यूटर÷सूचना प्रविधि)का लागि १ जना र सहायकमा ३ जना कर्मचारी माग गरेको छ । असोज ३ गते सम्ममा दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।
छिमेक लघुवित्त
छिमेक लघुवित्त विकास बैंकमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा सहायक ईकाई प्रबन्धक माग गरेको हो । व्यवस्थापन तथा वाणिज्य शास्त्र विषयमा प्रविणता तह द्धितीय श्रेणीमा उतीर्ण, ग्रामीण भेगमा रहेर काम गर्न इच्छुक तथा कम्प्युटर तालिमप्राप्त नेपाली नागरिकले असोज १० गतेभित्रमा आवेदन बुझाइसक्नुपर्ने छ ।
बैंकिङ क्षेत्रसँगै सम्बन्धित अर्को एउटा कम्पनीले पनि कर्मचारी माग गरेको छ :
एनआईसी एसिया क्यापिटल
एनआईसी एसिया क्यापिटलले रिसर्च अफिसर, एडमिनिस्ट्रेसन अफिसर, पोर्टफोलियो मेनेजर, विजनेस डेभलपमेन्ट मेनेजर÷अफिसर र हेड मर्चेन्ट बैंकिङ माग गरेको छ । रिसर्च अफिसरका लागि एक देखि दुई वर्षको अनुभव भएको सीए, एसीसीए, बीबीए अथवा एमबीए गरेको तथा फाइनान्सियल एनालाइसिस र क्यापिटल मार्केट डाटा मेनेजमेन्टबारे जानकारी तथा रुची भएको, फाइनान्सियल मोडलमा काम गर्न सक्ने र एमएस एक्सेल चलाउन जानेको हुनुपर्नेछ । एडमिनिस्ट्रेसन अफिसरका लागि फाइनान्समा स्नातकोत्तर, एसीसीए अथवा सीए गरेको वा गर्दै गरेको, एकाउन्टीङ र फाइनान्स जानेको, एकाउन्टीङ सफ्टवेरमा काम गर्न सक्ने, कर्पोरेट कानुनबारे जानकारी भएको, मानव तथा अन्य संशाधनको व्यवस्थापन गर्न सक्ने हुनुपर्नेछ । त्यस्तै, पोर्टफोलियो मेनेजर पदका लागि २ देखि ५ वर्ष अनुभव भएको, सीए, एसीसीए, एमबीए अथवा फाइनान्स वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको, इन्भेष्टमेन्ट एनालाइसिस र मेनेजमेन्टसम्बन्धमा अनुभव भएको, राम्रो वित्तीय क्षमता भएको, ग्राहकसँग डिल गर्न सक्ने, इन्भेष्टमेन्ट बैंकिङबारे अनुभव भएको हुनुपर्नेछ । विजनेस डेभलपमेन्ट अफिसरका लागि ३ देखि ८ वर्ष मार्केटिङ अथवा विजनेस डेभलपमेन्टको क्षेत्रमा अनुभव भएको, फाइनान्स, मार्के्टिङ या अर्थशास्त्रमा स्नातकोत्तर गरेको अथवा एमबीए गरेको, क्यापिटल मार्केबारे जानेको, विजनेस प्रोपोजल ह्यान्डल गर्न सक्ने, राम्रो विजनेस आइडिया भएको हुनुपर्नेछ । त्यसैगरी, हेक मर्चेन्ट बैंकिङका लागि फाइनान्स, मेनेजमेन्ट अथवा मार्केटिङमा स्नातक या स्नातकोत्तर गरेको, ५ देखि ८ वर्षको अवुभव भएको, मर्चेन्ट बैंकिङबारे राम्रो जानकारी भएको, सेक्युरिटिज ल जानेको तथा विजनेस विस्तार गर्न जानेको हुनुपर्नेछ । आवेदन दिने मिति १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेसम्म छ ।




