अमेरिकाद्वारा अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का


Bankingkhabar /August 18, 2021

अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंक ‘द अफगानिस्तान बैंक’को करिब ९.५ बिलियन (११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) रकमको सम्पत्ति रोक्का गरेको छ। अमेरिकाको ट्रेजरी विभागले तालिवानलाई कालोसूचीमा राख्दै यस्तो निर्णय लिएको हो । यस अघि अफगानिस्तानको केन्द्रीय बैंकका निमित्त प्रमुख अजमल अहमादीले ट्वीटमार्फत अमेरिकाबाट अफगानिस्तानमा अब कुनै डलर प्राप्त नहुने बताएका थिए । रोक्का गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको जनाइएको छ।

यद्यपी तालिवानले एक विज्ञप्ती जारी गर्दै देशको रकम, कोष, सुविधा तथा सरकारी कार्यालयहरु देशको सम्पत्ति भएकोले त्यसको सुरक्षा आफ्नो जिम्मेवारी रहेको उल्लेख गरेको थियो ।
हालसालै अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि उक्त रकममा उनीहरूको पहुँच रोक्ने उद्देश्यले अमेरिकाले यस्तो कदम चालेको हो।

 


सोसिअल मेडिया