Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

एटीएममा नगद नभए १० हजार जरिवाना लगाउने आरबीआईको निर्णय

२०७८ श्रावण २७ गते

एटीएममा नगद नहुँदा धेरै पटक सेवाग्राहिले समस्याको सामना गर्नुपर्ने हुन्छ । यसैलाई ध्यानमा राख्दै आरबीआईले एटीएममा नगद सकिएमा बैंकहरुलाई जरिवाना लगाउने निर्णय गरेको छ । यो नयाँ नियम अक्टोबर १ बाट लागू हुने जनाइएको छ ।

१० हजार जरिवाना
आरबीआईको निर्देशन अनुसार अक्टोबर १, २०२१ देखि यदि कुनै बैंकको एटीएममा १० घण्टा वा सो भन्दा बढि समयसम्म नगद नभएमा १० हजार रुपैयाँ जरिवाना लगाउन सकिनेछ । आरबीआईले एक परिपत्र जारी गर्दै एटीएमको माध्यमबाट मानिसहरुलाई पर्याप्त नगद सुनिश्चित गर्नका निम्ति यो कदम चालेको उल्लेख गरेको छ ।

Ad