म्यानमारले आर्थिक संकटको सामना गर्नुपरेको छ । ६ महिना पहिले सेनाले सत्ता कब्जा गरेपछि म्यानमारले आर्थिक संकटको सामना गरिरहेको छ । त्यहाँ नगदको अभाव छ । नगद निकाल्न, बिहान ३.३० बजे देखि एटीएममा लाइन लाग्छ । धेरै मानिसहरु आफ्नो बैंक खाताबाट पैसा निकाल्ने पर्खिरहेका हुन्छन् । बैंकहरुमा मानिसहरुको भीड कम गर्नको लागी, एटीएममा दैनिक पैसा भरीन्छ । एक व्यक्तिले नौ हजार रुपैयाँ भन्दा बढी निकाल्न पाउदैनन् । आर्थिक संकटको असर जताततै देखिएको जनाइएको छ । नगदको अभावमा मानिसहरु धेरै पैसा निकाल्न सक्दैनन् ।
यस्तै आर्थिक कारोबार ठप्प रहक्ेको छ भने व्यवसायीहरुले समेत आफ्नो कामदार वा ऋण्दाताहरुलाई कर्जा तिर्न नसक्ने अवस्था आएको छ । म्यानमारको मुद्रा क्याटको मूल्य डलरको तुलनामा २० प्रतिशतले घटेको छ । देशमा १०० भन्दा कम एटीएममा नगद बाँकी छ । त्यहाँ गम्भीर आर्थिक संकटको कारणले गर्दा सरकार, बैंक र अर्थव्यवस्थाप्रति मानिसहरुको विश्वास हराउँदै गएको छ ।
अन्तर्राष्ट्रिय बैंकिङ
म्यानमारमा गम्भीर आर्थिक संकट : एटीएम खाली, नगद निकाल्न घण्टौको लाइन
२०७८ श्रावण २६ गते
