Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

आरबीआई मौद्रिक नीति : के-के छन् विशेषता ?

२०७८ श्रावण २२ गते

भारतीय रिजर्व बैंक (आरबीआई) को मौद्रिक नीति समिति (एमपीसी) को बैठक सकिएको छ । कोरोनाको दोस्रो लहरको कारण, अप्रिल र मे महिनामा लगाइएको प्रतिबन्धको असर भारतीय अर्थव्यवस्थामा समेत परेको छ । तेस्रो लहरको आशंकाका बिच यो बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । हरेक दुई महिनामा भारतीय रिजर्व बैंकको मौद्रिक नीति समितिको बैठक बस्ने गरेको छ । यस बैठकमा अर्थव्यवस्था सुधारका साथै ब्याजदरहरुको निर्णय गरीन्छ ।

–आरबीआईले रीपो रेटमा कुनै परिवर्तन गरेको छैन । यो ४ प्रतिशतमै कायम रहेको छ । अर्थात ग्राहकहरुले ब्याज दरमा राहत पाएका छैनन् ।
–रिवर्स रीपो रेट पनि ३.३५ प्रतिशत मा स्थिर राखिएको छ ।
–बैंक रेटमा कुनै परिवर्तन नगर्ने निर्णय गरीएको छ । यो ४.२५ प्रतिशतमा छ ।
–भारतीय रिजर्व बैंकले चालू आर्थिक वर्ष २०२१–२२ मा देशको वास्तविक जीडीपीमा ९.५ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ ।
–यस चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २१.४ प्रतिशत, दोस्रो त्रैमासिकमा ७.३ प्रतिशत, तेस्रो त्रैमासिकमा ६.३ प्रतिशत र चौथो त्रैमासिकमा ६.१ प्रतिशत जीडीपीमा वृद्धि हुने अनुमान छ ।

 

 

 

Ad