दक्षिण कोरियाली बैंकको ‘लेन्डिङ’ दरमा गिरावट


बैंकिङ खबर/दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गिरावट आएको छ । ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा उल्लेख छ ।
घरपरिवारलाई वार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अङ्कले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

रियल स्टेट ऋण दर ०.०४ प्रतिशत बिन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०.०४ प्रतिशत बिन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ ।
यो तथ्याङ्क गत वर्षको मेदेखि ब्याजदरमा अपरिवर्तित कम–नीति दरको कारण कायम भएको बैङ्कले जनाएको छ । 


सोसिअल मेडिया