Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

२०७८ जेष्ठ १९ गते

बैंकिङ खबर/आउँदो वर्ष भारतको अर्थतन्त्र नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने प्रक्षेपण गरिएको हो ।

सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोरोनाको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।

Ad