June 1st, 2021

‘उद्योग व्यवसाय कमजोर हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ’

देवकुमार ढकाल, प्रवक्ता, नेपाल राष्ट्र बैंक 

कोरोनाको दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार संक्रमित भएका छन् भने कतिको मृत्यु समेत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार गरि १९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु अहिले सीमित शाखा खोलेर सञ्चालन गरिरहेका छन् । जिल्ला तहमा भने जिल्ला प्रशासन कार्यालयको आदेशको परिधिमा रहेर सेवा दिइरहेका छन् । यसैबीच बैंक वित्तीय क्षेत्रका कर्मचारीमा कोरोना संक्रमणकाे अवस्था  र  बैंक, वित्तीय संस्थाले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा बैंकिङ खबरले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग कुराकानी गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमा कारोना संक्रमणको अवस्था कस्तो छ ?

बैंक तथ वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरी पहिलो र दोस्रो लहरमा १९ हजार जना संक्रमित भएकाे अवस्था छ । जसमध्ये कर्मचारी १३ हजार ७ सय १५ छन् भने एकाघर परिवार ५ हजार २ सय ८७ जना संक्रमित छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७३ जना छ । त्यसमा कर्मचारी ३ हजार ९ सय १६ जना र १८ सय ५७ जना परिवारका सदस्य सक्रिय संक्रमित छन् । मृत्यु हुनेको संख्या १ सय २६ जना छ । जसमध्ये कर्मचारी २४ र परिवारको संख्या १ सय २ जना छन् ।

पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरुका परिवार कोरोना संक्रमणबाट त्यतिकै प्रभावित छन् ।

कोरोना महामारीको बेलामा बैंकहरुले कसरी सेवा दिएका छन् ?

हामिले यसअघि पनि निर्देशन नै जारी गरेका थियौं । उक्त निर्देशनमा डिजिटल मोड अफ पेमेन्टलाई नै प्रवर्धन र प्राथमिकता दिने गरि आफ्ना सेवा सूचारु गर्नु भनेर भन्दै आएका छौं ।

हामीले एउटा सर्कुलर पनि जारी गरेका छौं । कमर्सियल बैंकले काठमाडौंमा हेड अफिस बाहेक तीन वटा, विकास बैंकले हेड अफिस र अन्य २ वटा शाखा, ललितपुरका कमर्सियल बैंकले दुई शाखा, भक्तपुरमा एउटा शाखा, विकास बैंकले काठमाडौंमा एउटा, ललितपुरमा एउटा र भक्तपुरमा एउटा, वित्त संस्थानले तीन वटै जिल्लामा एक/एक वटा बैंकिङ सेवा सुचारु गर्नु भनेका छौं । सोही अनुसार बैंकिङ सेवाहरु सुचारु भएका छन् । काठमाडौं उपत्यका बाहेकका जिल्लामा सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले दिएको आदेशको परिधिभित्र रहेर बैंकिङ सेवा सुचारु छन्

बैंकले ५० हजार भन्दा कम रकम डिपोजिट नलिने भनेको छ ? राष्ट्र बैंकले दिएको निर्देशन हो ?

यो फिक्स डिपोजिटका लागि होइन् । अर्कोतर्फ राष्ट्र बैंक आफैँले यति रकमसम्म डिपोजिट गर्न पाउने, नपाउने भनेको छैन । अन्य कर्मसियल, वाणिज्य बैंकहरुले ५० हजार भन्दा सानो निक्षेप ग्राहकले घरमै सुरक्षित गर्न सक्छन् । अहिले घरमा सबै मान्छे रहेको अवस्थामा यति रकम सुरक्षित हुन्छ । त्यति रकम बोकेर सेवाग्राहीहरु बैंकमा आउनुभयाे भने उहाँ आफुपनि, बैंकका कर्मचारी पनि, अन्य सर्वसाधारण कोभिडबाट असुरक्षित रहन्छन् । कर्मसियल, वाणिज्य बैंकहरुले यस किसिमको अन्डरस्टाडिङ बनाउनुभएको हो । त्यो अन्डरस्टाडिङलाई हामिले मौन रुपमा समर्थन गरेका हौं ।

हामी यतिखेर नर्मल टाइममा छैनौं । निषेध आदेशको टाइममा छौं । निषेध आदेश भनेको अत्यावश्यक सेवा मात्र उपयोग गर्ने र अनावश्यक सेवा सुविधा उपयोग नगर्ने, आफु सुरक्षित रहने र अरुलाई पनि सुरक्षित गराउनु हो ।

यदि अत्यावश्यक आवश्यक पर्छ भने त्यसमा वइट गर्नु कुनै आवश्यक छैन । मलाई पाँच हजार रुपैयाँ आवश्यक पर्‍यो । मेरो कोहि मान्छे हस्पिटलमा छ । मैले डिजिटलमार्फत ट्रान्जेक्सन गर्न सकिन भने त्यसका लागि कुनै लिमिट छैन । अर्को डिजिटल मोड अफ पेमेन्टमा हामिसँग वालेट छ ।  क्युआर छ । आइपिएस छ । कनेन्ट आइपिएस छ । कर्पुरेट पे छ भनेपछि हामीसँग डिजिटल मोड अफ पेमेन्टका धेरै माध्यमहरु छन् ।
त्यसैले यतिबेला घरमै बसेर बैंकिङ सर्भिस लिनु बुद्धिमानी हो । घरमै सुरक्षित साथ बस्नु राम्रो हुन्छ । त्यसैले हामिले यसलाई मौन समर्थन गरेको अवस्था छ ।

सेभिङ गर्ने हिसावले सेवाग्राही आउनुहुन्छ भने सानो रकम जम्मा नगर्ने भन्न खोजेको हो । यदि कसैलाई अर्को एकाउन्टमा पैसा हाल्दिनु छ । कोहि मान्छे विराटनगरमा होला,  काठमाडौं पैसा हाल्निुपर्‍यो । कोहि मान्छेलाई रकमान्तरका लागि पैसा हाल्दिनुपर्‍यो। कुनै लोनको किस्ता होला । क्रेडिट कार्डको रकम आफ्नो खातामा जम्मा गर्नुपर्‍यो। यस्तो खालकोलाई बैंकहरुले रोक्नुभएको छैन । यो नर्मल टाइम होइन । त्यसैले अत्यावश्यक नभई बैंकमा नगइदिउँन भन्नको लागि उहाँहरुले बनाएको एउटा सामान्य अन्डरस्टाडिङ हो ।

कोहि संक्रमित छ भने उसले अरु मान्छेलाई कोरोना नसारोस् भनेर चेन ब्रेक गर्न खोजिएको हो । अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको छ । हामिले अहिले बैंकिङ सर्भिस खोल्नुको कारण के हो भने अतिआवश्यक परेमा मात्र बैंकमा जाउन् । सेवा लिउन भन्ने हो । बैंकिङ सेवा भनेको अत्यावश्यक सेवा हो । यसमा मान्छेले औषधि गर्न, दैनिक सामान खरिद गर्न आदि अत्यन्तै आवश्यक, इमरजेन्सी सर्भिस चाहिने भयो भने त्यस्तो बेलामा सेवा दिन हामीले बैंक, वित्तीय संस्थाहरु खोलको हौं ।

अहिले बैंकहरुले कुन कुन सेवा दिइरहेका छन् ?

अहिले बैंकले सबै सेवा दिइरहेका छन् । इमरजेन्सी स्वास्थ्य क्षेत्रमा कर्जा प्रवाह होस् भनेर राष्ट्र बैंकले बोलेको अवस्था छ । त्यस क्षेत्रमा कर्जा प्रवाहका लागि अहिले केडिट अभाएलेवल छ । एलसी डिपोजिट राख्न पाइन्छ । एटिएमहरुमा फ्रिडिङको अवस्था छ । बैंकले जे जति बैंकिङ सुविधाहरु दिनुपर्ने हो । ती सबै इर्मेजेन्सी प्रयोजनका लागि खुल्ला छ ।

उपत्यकामा निषेधाज्ञा थप गरिएको छ ? अन्य जिल्लामा पनि थप गरिँदै लगिएको अवस्था छ ? निषेधाज्ञाले गर्दा उद्योग धन्दाहरुको अवस्था विकराल छ । यहि अवस्थामा निषेधाज्ञा खोल्दा बैंकहरुले पूर्ण रुपमा सेवा दिन सक्छ ?

सबै मान्छे संक्रमित भएको हुँदैन । यदि निषेधाज्ञा खुल्यो भने पनि सबै कर्मचारी संक्रमित छैनन् । अहिले इफेक्टेड भनेको ६ हजार ७ सय ७३ जना हो । जसमा कर्मचारी ३ हजार ९ सय १६ जना मात्र हो । अरु रिकभर भइसकेको अवस्था छ । निषेधाज्ञा खुल्यो भने पनि बैंकिङ क्षेत्रलाई सुचारु गर्न सकिने अवस्था छ । बैंकिङ सेवा सुचारु गर्न कुनै कठिनाई हुँदैन ।

कोरोना महामारीले बैंक, वित्तीय क्षेत्रका कुन-कुन कुराहरुलाई प्रत्यक्ष असर गरेको छ ?

कोरोना महामारीले पारेको प्रभावका बारेमा हामीले वैशाखसम्मको अध्ययन नै प्रकाशित गरिसकेका छौं । दोस्रो लहरपछि के कति इम्प्याक्ट पर्यो भनेर अध्ययन गर्न बाँकी नै छ । अहिले दैनिक रुपमा काम गरेर छाक टार्ने जुन वर्ग छ । त्यो वर्ग अहिले मारमा परेको छ । टुरिजम सेक्टर, यातयात भयो । यो क्षेत्र अलि बढी  प्रभावित छ । अरु क्षेत्रलाई हामिले विश्लेषण गर्दैछाैँ ।

अहिले कर्जा प्रवाह रोकिएकाे अवस्था छ । थप कर्जा प्रवाहबाट थप आम्दानी गर्न सक्ने अवस्था छैन । वैशाखसम्म जति कर्जा प्रवाह भयो । त्यसैको इनकमले धानिएको अवस्था छ । भोलीका दिनमा यसरी नै ग्राहकका व्यवसाय प्रभावित हुने भयो भने उत्पादन, रोजगारी सबै क्षेत्रलाई हिड गर्ने देखिन्छ ।
निश्चित रुपमा बोडरले तिर्न सक्ने क्षमतामा ह्रास आउँछ । बैंक वित्तीय क्षेत्रको ओभर ड्यु बढ्न सक्छ । ओभरड्यु बढेपछि एमपिएल बढ्न सक्छ । जहिले पनि बैंक र ग्राहक अन्तरआवद्ध हुन्छन् । दुई वटा सेक्टर सँगसँगै जाने क्षेत्र हो । एउटा क्षेत्र कमजोर हुँदा अर्को क्षेत्र पनि कमजोर हुन्छ । उद्योग व्यवसाय क्षेत्र कमजोर भइदियो भने त्यसको असर बैंकिङ क्षेत्रमा पनि पर्छ । यसले एमपिएलमा, अर्निङमा असर गर्न सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]