Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Old Post dont touch बैंकिङ सूचना

व्यवसायी दीपक भट्टमाथि बैंकिङ कसुर मुद्धामा अनुसन्धान

२०८३ बैशाख १७ गते

बैंकिङ खबर / व्यवसायी दीपक भट्टमाथि प्रहरीले बैंकिङ कसुरको मुद्धा अघि बढाएको छ । सम्पत्ति सुद्धिकरणमा पक्राउ परेका व्यबसायी दीपक भट्ट सहित सुलभ अग्रवालमाथि पनि बेंकिङ कसुरको अनुसन्धान सुरु भएको हो । कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकिङ कसुरको अनुसन्धान सुरु भएको प्रहरी अनुसन्धान केन्द्र सीआइबीले जनाएको छ ।

सीआईबीले नियमनकारी निकाय राष्ट्र बैंकसँगको कोर्डीनेशनमा उनीहरुको कारोबारको फाइल झिकाएर राष्ट्र बैंकको कर्जा दुरुपयोग सम्बन्धी प्रतिवेदनका आधारमा प्रकृया अघि बढाएको जनाइएको छ ।

बैंकिङ कसुर भनेको बैंकिङ प्रणालीमा हुने अपराध हो, जसमा बैंकका खाताधारक, कर्मचारी, वा अन्य व्यक्तिहरूले बैंकको सम्पत्ति, रकम, वा जानकारीलाई गैर(कानुनी रूपमा प्रयोग गर्ने, चोरी गर्ने, वा अन्य प्रकारले दुरुपयोग गर्ने गर्छन्। बैंकिङ कसुरका उदाहरणहरूमा चेक जालीकरण, खाता छल, रकम चोरी, जानकारी चोरी, आदि समावेश छन् । नेपालमा बैंकिङ कसुरलाई रोक्न र दण्डित गर्नका लागि विभिन्न कानुनी र नियमहरू छन्, जसमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, र बैंकिङ कसुर सम्बन्धी नियमावली, २०७५ समावेश छन्।