Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रधानमन्त्री शाह भारत भ्रमणमा, विराजभक्त श्रेष्ठले सम्हाल्नेछन् कार्यवाहकको जिम्मेवारी

२०८३ मंसिर ६ गते

बैंकिङ खबर / प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा निस्कने भएपछि सरकारको दैनिक कार्यसञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइने भएको छ ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमका आधारमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका नियमित प्रशासनिक कामकारबाही प्रभावित नहोस् भन्ने उद्देश्यले श्रेष्ठलाई जिम्मेवारी सुम्पिन लागिएको बताइएको छ । यसका लागि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । राष्ट्रपतिबाट औपचारिक जिम्मेवारी तोकिएपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछन् ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्किने कार्यक्रम छ। उनको अनुपस्थितिमा श्रेष्ठले मन्त्रिपरिषद्को दैनिक कार्यसम्पादन तथा सरकारका नियमित प्रशासनिक गतिविधिको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्रीसँगै अर्थ र परराष्ट्रमन्त्रीसमेत विदेश भ्रमणमा रहने भएकाले यस अवधिमा सरकारको दैनिक कार्यसञ्चालनको जिम्मेवारी ऊर्जा मन्त्री श्रेष्ठमा रहनेछ ।

Ad