Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकिङ कसुरमा मुछिएका राजेन्द्र शाक्यलाई कर्जा तिर्न प्रभु बैंकको अल्टीमेटम !

admin २०८३ बैशाख ३० गते
सेयर:

बैंकिङ खबर / आर्थिक संकटका बीच पनि व्यापारीक साम्राज्य फैलाउन खोजेका एक व्यापारी टाट पल्टीएका छन् । नयाँ नयाँ व्यबसाय संचालन गरेर बैंकबाट पटक पटक कर्जा लिँदै आएका राजेन्द्र शाक्य आर्थिक टाट पल्टीएका हुन् । अहिले उनै शाक्यद्धारा संचालीत गुण एयरलाइन्स आर्थिक संकटपछि बन्द हुने अबस्थामा छ । प्रभु बैंकले ३५ दिनभित्र ऋण नतिरे दुई जहाजसहितको सम्पत्ति लिलामी गर्ने सूचना निकालेको छ । गुणले जहाज खरिद गर्दा लिएको ऋण नतिरेको भन्दै प्रभु बैंकले कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । व्यवसायी राजेन्द्र शाक्यले सञ्चालन गरेका अरु विभिन्न चारवटा व्यवसायका लागि लिएको सवा अर्ब रुपैयाँ ऋण नतिरेपछि प्रभु बैंकले ३५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो । बैंकले सुचनामा शाक्यद्वारा सञ्चालित ताज होटल, बिजनेस कम्प्लेक्स, गुण एयरका दुईवटा जहाज र अन्नपूर्ण ब्रोडकास्ट मिडियाको सम्पत्तिको ऋण चुक्ता गर्न भनेको छ ।

सूचनामा तोकिएको समयभित्र ऋण चुक्ता नगरे बैंकले उक्त सम्पत्ति लिलामी गरेर कर्जा असुल गर्ने उल्लेख छ । गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सबाट लिएको दुईवटा जहाज खरीदमा प्रभु बैंकसँग ऋण लिएको थियो । यी जहाज संचालनमा नआउँदै कम्पनी टाट पल्टेको छ । शाक्यले यसअघि अन्नपूर्ण ब्रोडकास्ट मिडियाका लागि लिएको ऋण समेत तिरेका छैनन् । तर अचम्मको कुरा के छ भने उनको ऋण कालो सूचिमा पर्दा समेत प्रभु बैंकलेऋणमाथि ऋण दिदै आएको थियो । व्याज भुक्तानी गर्न नसकेपछि फरक बाटोबाट २५ करोड रुपैयाँ दिएको घटनामा प्रभु बैंकका तत्कालीन सिइओ अशोक सेरचन बैंकिङ कसुरमा तानिएका थिए । शाक्यको दरबारमार्गस्थित दरबार मल नामको अर्को व्यबसाय छ । जहाँ उनले मुभि हल समेत संचालन गरीरहेका छन् । तर उक्त मल पनि लिलामीमा पुगेको छ । उक्त मलको ऋण तिर्न बैंकले पटकपटक ताकेता गरीरहेको छ । बैंकले कर्जा भुक्तानी नभएपछि लिलामी गरेर कर्जा असुल गर्ने तयारी गरेको छ ।

यसअघिका सिइओ आशोक सेरचनले शाक्यलाई जथाभावी कर्जा प्रवाह गरेको तथ्य बाहीरीएपछि सीआइवीले सेरचन सहित शाक्यलाई पनि पक्राउ गरेको थियो । सेरचनका विभिन्न बैंकिङ कसुरअन्तरगत शाक्यको विषय पनि जोडीएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शाक्यलाई प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेको थियो । गत असोज महिनामा तत्कालीन सिइओ शेरचनसहित बैंकका उच्च अधिकारीहरुको बयानकै क्रममा शाक्य पक्राउ परेका थिए ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।