Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रेमिट्यान्स आप्रवाहमा ३९.१ प्रतिशतले वृद्धि

२०८३ बैशाख २८ गते

बैंकिङ खबर / चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो। २०८२ चैत महिनामा मात्र रेमिटेन्स २ सय ९ अर्ब ७५ करोड पुगेको । यो अघिल्लो वर्षको तुलनामा १ सय ३९ अर्ब बढी हो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा कमी भएपनि रेमिट्यान्स भने बढेको छ । यस अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ९३ हजार २५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।