Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकी बैंक स्ट्यान्लेको झण्डै एक अर्ब डलर डुब्यो

२०७८ बैशाख ६ गते


बैंकिङ खबर । अमेरिकी लगानी बैंक मोर्गान स्ट्यान्लेले हेज फन्ड आर्किगोमा लगानी गरेको झण्डै एक अर्ब डलर डुबेको छ । बीबीसीले जनाएअनुसार बैंकले पहिलो त्रैमासिक नतिजामा ९१ करोड १० लाख अमेरिकी डलर आर्किगोमा डुबेको जनाएको हो । यसका बाबजुद बैंकको उक्त अवधिको नाफा भने एक सय ५० प्रतिशतले बढेको छ । बैंकको कुल नाफा तीन अर्ब ९८ करोड अमेरिकी डलर छ । गत वर्ष एक अर्ब ५९ करोड डलर रहेको थियो ।

कुल राजस्व समेत बढेर १५ अर्ब ६७ करोड डलर पुगेको छ ।

Ad