Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अन्य देशको अर्थतन्त्र खस्किँदा चीनको अर्थतन्त्र उच्च

२०७८ बैशाख ३ गते

बैंकिङ खबर/चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा तिब्र गतिमा वृद्धि भएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष वृद्धि भएको हो ।पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो । राष्ट्रिय तथ्यांक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिएकी छन् ।