January 31st, 2021

अमेरीकाको GDP मा १९४६ पछिको सबैभन्दा ठूलो गिरावट

बैंकिङ खबर । अमेरिकी अर्थव्यवस्थाको वृद्धि २०२० मा शुन्य देखि ३.५ प्रतिशत तल झर्यो । अमेरिकी वाणिज्य मन्त्रालयले जारी गरेको डाटाबाट आएको जानकारी अनुसार सन् १९४६ पछि अमेरिकी अर्थतन्त्रको आकार यति धेरै घटेको यो पहिलो पटक हो । विश्वयुद्धको अन्त्य पछि त्यस वर्ष अमेरिकाको जीडीपी वृद्धि शून्य देखि ११.६ प्रतिशतसम्म झरेको थियो ।
बिहीबार जारी गरिएको आर्थिक बृद्धिको डाटा अुसार डिसेम्बर तेस्रो क्वाटरमा वृद्धि दर ४ प्रतिशत रहेको थियो । यस्तो ग्रोथ रेट कोरोना भाइरस चरम सीमामा रहेको बेला आएको थियो । सेप्टेम्बर क्वाटरमा, अमेरिकी अर्थव्यवस्थाको आकार वार्षिक आधारमा ३३.४ प्रतिशत घटेको थियो ।
अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार ६ महिनामा देशको अर्थतन्त्रमा केही सुधार आएको छ । २०२० को पुरै वर्षमा जीडीपी वृद्धि दर माइनस ३.५ प्रतिशत रहेको थियो, जुन गत वर्षको २.२ प्रतिशत रहेको थियो । २००९ पछि पहिलो पटक अमेरिकी जीडीपी वृद्धि नकरात्मक रहेको छ ।
बुधबार फेडरल रिजर्वका अध्यक्ष जेरोम पोवेलले हालका महिनाहरूमा रिकभरी सुस्त भएको बताए । यसको कारण आर्थिक क्षेत्रको क्रियाकलापमा भएको मन्दी हो ।
गत वर्ष अमेरिकी संसदले कोविड १९ को बचावको लागि ९०० अर्ब डलरको प्याकेजलाई अनुमोदन ग-यो । अनुमोदन अघि, कती ठूलो प्याकेज हुनु पर्छ र कसलाई यसको दायरामा ल्याउनुपर्दछ भन्ने बारेमा धेरै छलफल भयो, तर अर्थशास्त्रीहरू र केही नीति निर्माताहरूका अनुसार यति प्याकेज अर्थव्यवस्थालाई सुदृढ बनाउन लायक छैन ।
नयाँ राष्ट्रपति जो वाइडेनले १.९ लाख करोड डलरको राहत प्याकेज तयार गरे । यसको रिपब्लिकन सांसदहरूले विरोध गरीरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]