January 26th, 2021

आरबीआईले स्ट्यान्डर्ड चार्टड बैंकमाथि लगायो २ करोडको जरिवाना


भारतीय रिजर्व बैंक (आरबीआई) ले स्ट्यान्डर्ड चार्टड बैंकलाई २ करोड जरिवाना लगाएको छ । बैंकले धोका दिएर आरबीआईलाई ढिलाइ सूचित गरेकोमा बैंकलाई जरिवाना लगाइएको हो । भारतीय रिजर्व बैंकका अनुसार बैंकमाथि आरबीआईको नियम दिशानिर्देश २०१६ को केही निर्देशनहरूको पालना नगरेको कारण बैंकलाई आर्थिक जरिवाना लगाइएको हो ।

जालसाजीको सूचना ढिलो दिएको आरोप
आरबीआईका अनुसार बैंकले जालसाजी गरेको र यसको सूचना ढिलो दिएकोले जरिवाना गरिएको हो । यसको बारेमा ३१ मार्च २०१८ र ३१ मार्च २०१९ मा बैंकको वैधानिक निरीक्षणको क्रममा जानकारी भएको थियो । यसभन्दा अघि स्ट्यान्डर्ड चार्टड बैंकलाई नोटिस जारी उनीहरूलाई किन जरिवाना नगर्ने भनेर स्पष्टिकरण सोधिएको थियो । त्यसपछि जरिवाना लगाइएको हो ।

पीएनबी र मुथुट फाइनान्सलाई पनि जरिवाना गरियो
यस अघि आरबीआईले मुथुट फाइनान्समाथि पनि १० लाख रुपैयाँ जरिवाना लगाएको थियो । यस बाहेक आरबीआईले भुक्तानी र व्यवस्थापन प्रणाली ऐन उल्लंघन गरेको आरोपमा पंजाब नेश्नल बैंक (पीएनबी) लाई एक करोड रुपैयाँ जरिवाना लगाएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]