‘पैसा नेपाली भूमिमै खोजौं’ : लघुवित्तकर्मीको बिश्लेषण

आज कर्जा लिन होडबाजी गर्ने धेरै छन् । कर्जामात्रै सबैचिजको समाधान होइन । जव सम्म उद्यमशिलताको विकास हुँदैन तबसम्म त्यो कर्जा बोझ मात्रै हुन्छ । यदी काम गर्छन र कामको सदुपयोगिताका लागि कर्जा लिन्छन भने त्यो चाहिँ फेरी एउटा उर्जा हो । नभए कर्जा बोझ हो भन्ने मेरो बुझाइ छ । वर्तमान अवस्थामा आफूले नगरी हुँदैन भन्ने चेतना चाहिँ फैलिएको छ । तालिम लिनेले आफु अनुकुल विभिन्न व्यवसाय गर्नुभएको छ । तर तीमध्ये सफलताको दर चाहिँ कृषिमा राम्रो छ । परम्परागत कृषि पेशा गरिरहेका कृषकहरु तालिम पछि व्यवसायिक किसान बन्न थालेका छन् । हामीले सबैभन्दा बढी लगानी कृषिमा गरेका छौँ । महिलाहरुले धेरै जसो कृषिमा नै कर्जा माग गर्नुपर्छ । कृषिलाई अब निर्वाहमुखीबाट व्यवसायिक बनाउन आवश्यक छ । परम्परागत रुपमा उही गोठे मलले खेति गर्ने, बिउँ पनि परम्परागत नै प्रयोग गर्ने गरिन्थ्यो । अहिले व्यवसायिक हिसाबले लगानी पनि गर्ने र व्यवसायिक रुपले नै लगानीको रिटर्न पनि लिने हिसाबले कृषकहरु अगाडी बढीरहेका छन् ।

लघुवित्तको सिद्धान्त ‘बिना धितो कर्जा’
लघुवित्तहरुले ठूलो रकम सम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा  सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने चाहि डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन  र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । हामीले त्यहि आधारमा कर्जा दिएका हुन्छौँ । त्यसैले भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्था सो समूहले कर्जा असुल्ने विषयमा हामीलाई सहयोग गर्नेछ । कर्जा दिलाई दिने काम पनि समूहको र उठाइदिने काम पनि समुहको नै भएको हुँदा केहि निश्चित सिद्धान्तलाई पालना गरेर जाँदा हामीले धेरै जोखिम महसुस गरेका छैनौं । त्यसो त नेपालमा मात्र हैन । लघुवित्तहरु संसारमा नै सफल छ । झण्डै झण्डैं संसारमा १३ देखी १४ करोड महिलालाई लघुवित्तले सेवा दिईरहेको छ ।  र त्यो १४ करोड महिलालाई दिइएको सेवा बिना धितो नै हो । गैर स्थानीयलाई कर्जा दिँदा चाहिँ डुब्ने खतरा हुन्छ । सम्पती भन्दा दायित्व धेरै भए पछि भाग्ने गर्छन । हामी पनि कुनै बेला त्यस्तो चपेटामा परेका थियौँ । तर स्थानीयलाई राम्रोसँग बुझेर लगानी गर्दा लगानी डुब्ने खतरा हुँदैन् ।

सामाजिक क्षेत्रमा पनि लघुवित्तको योगदान
लघुत्तिहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिदैन थियो । नेपालमा गरिबीको तथ्यांक हेरौँ न, सन् २००३ मा ४१ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि थियो । तर २०१७ सम्म आइपुग्दा त्यो घटेर २० प्रतिशतको हाराहारीमा आएको छ । यसको मुख्य जस लघुवित्तहरुलाई नै जान्छ । देशको अर्थतन्त्रमा लघुवित्तको भूमिका एकदमै महत्वपूर्ण छ । देशको गरिवी घटाउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । पछिल्लो १५÷२० बर्षमा झण्डै २५ प्रतिशत जनसंख्या गरिबीको रेखामाथि आइसकेको छन् । यसमा रेमिट्यान्स तथा लघुवित्तको भूमिका महत्वपूर्ण छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यस्ता प्रकारले लिने कर्जामा लघुवित्त नै हो । लघुवित्त बाटै धेरैले लिन्छन् । 

उद्यमशिलता शिक्षा, आजको आवस्यकता
नेपालको वर्तमान अवस्थामा उद्यमशिल सम्बन्धि शिक्षाको आवस्यकता छ । युवाहरुलाई उद्यमशिल शिक्षा दिनुपर्छ । बाउले छोरालाई इतिहास र अर्थशास्त्रमा बिहे पास गराइदिन्छन् । बिए पास गरेपछि छोरामा एउटा अहम विकास हुन्छ कि मैले बिहे पास गरे अब हलो जोत्नु हुँदैन् । यसको मतलव हाम्रो शिक्षा उद्यमशिल रहेनछ भन्ने हो । त्यसैले अब पढ्दा वा पढाउँदा प्राविधिक शिक्षापटि जोड दिनुपर्छ । स्नातक पनि बाख्रा पालन, कुखुरा पालन तथा व्यवसायिक तरकारी खेति जस्ता बिषयमा स्नातक गनुपर्छ । जुन शिक्षा लिइन्छ त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । व्यवसायिक शिक्षा लिनु आवश्यक छ । आफै स्वरोजगार बन्न सक्नु पर्छ । मान्छे आफै स्वरोगार भन्दा बाहिरी जागिरतिर ध्यान दिन्छ । मान्छेलाई कि जागिर खाने कि बिदेश जाने भन्ने सोच हुन्छ । यसलाई म जोकको रुपमा लिन चाहान्छु । नेपालको यति उर्बर माटोमा सुन फलाउन छाडेर मान्छे अरब कतारमा बालुवा जोतिन जाँदैछन् । हामी सोच बनाउँछौँ, त्यसको कार्यान्वयन गर्दैनौँ । हामी पढ्छौँ, व्यवहारमा त्यो ज्ञान लागु गर्दैनौँ । हामी अरुको हेर्छौ र छक्क पर्छौँ, तर अरुलाई छक्क पार्ने गरी काम गर्नेतिर अग्रसर हुँदैनौँ ।

हामी सरकारलाई गाली गर्छौँ, राजनीतिलाई गाली गर्छौँ, तर आफु चाहिँ केहि गर्दैनौँ । सरकारलाई गाली गर्दै विदेशिन्छौँ । समृद्धिका बाधक भनेको हाम्रा यस्तो प्रवित्तिहरु हुन् । हेर्नुस, आज विकसित भएका देशका नागरिकले विगतमा हामीजस्तै अरुको काम गरेर वा अरुको देशमा मजदुरी  गरेरै भविष्य गुजार्ने ठानेका हुन्थे भने आज उनीहरु हामीभन्दा धनी हुँदैन थिए । अहिलेसम्म पनि ती देशका नागरिक अरुकै देशमा काम गरिरहेका हुन्थे । तर उनहरुले आफ्नै देश बनाउन सकेमात्रै भविष्य सुनिश्चित छ भन्ने कुरा सोच र आज हाम्रोजस्तो मुलुकका युवालाई काम लगाएर आफ्नो देशलाई अझै विकास गरिरहेका छन् । उदाहरणका लागि इजरायल, आजभन्दा ७० वर्षअघि इजरायलमा भोकमरि थियो, आज कृषिमा विश्वकै नेता निर्यातक देशमा पर्छ । त्यसैले भविष्य यहिँ खोज्ने हो भने मुलुकको समृद्धि अवश्य सम्भव छ ।


सोसिअल मेडिया