December 17th, 2020

अमेरिकी केन्द्रीय बैंकले व्याजदर शुन्य नजिक झार्ने: अर्थव्यवस्थामा वृद्धि हुने अपेक्षा

अमेरिकी फेडरल रिजर्भले बुधबार अर्थव्यवस्थामा ’उल्लेखनीय’ वृद्धि नभएसम्म सरकारी बन्ड खरीद जारी रहने बताएको छ । वित्तीय बजारलाई आश्वासन दिन र दीर्घकालीन अवधिका लागि लोनमा ब्याजदर कम राख्न यो कदम महत्वपूर्ण छ । फेडरल रिजर्भले हालसालैको नीति बैठक पछि छोटो अवधिको ब्याज दर कम्तिमा २०२३ सम्म शून्यमा रहने अपेक्षा गरेको जनाएको छ । फेडले मार्चदेखि आफ्नो नीतिगत दर शून्यको वरपर नै कायम गरेको छ ।
अर्को वर्ष अर्थव्यवस्थामा तीव्र वृद्धि हुने अपेक्षा
अमेरिकी फेडरल रिजर्वका अध्यक्ष जेरोम पोवेलका अनुसार उनी र अन्य फेड रिजर्भका अधिकारीहरूले अर्को बर्ष अर्थतन्त्रमा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिरहेका छन् । 
किनभने कोरेनाभाइरस नियन्त्रणमा राख्न यसको खोप व्यापक रूपमा वितरण भइरहेको छ । यद्यपि पोवेलका अनुसार आगामी ३ देखि ६ महिनासम्म भाइरसको केसमा वृद्धि हुन सक्दछ, जसले बेरोजगार मानिसहरूलाई र साना व्यवसायहरूलाई समस्या निम्त्याउन सक्छ । पोवेलले भने, “वित्तीय नीति अहिले नै धेरै आवश्यक छ ।” पोवेलको कुराले फेडरल रिजर्भले अर्थव्यवस्थाको दिगो रिकभरी नभएसम्म ब्याज दरलाई निकै तल झार्न तयार रहेको संकेत दिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]