Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

नयाँ रेकर्ड : बिटक्वाइनको मूल्य १६ लाख माथि पुग्यो, यस वर्ष मात्रै १७०% को वृद्धि

२०७७ पुष २ गते

क्रिप्टोकरेन्सीहरू मध्ये प्रख्यात, बिटक्वाइन यस वर्ष एक रेकर्ड लेभलमा पुगेको छ । बिहीबार, यसको ४.६ प्रतिशतले वृद्धि भएको छ, यससँगै बिटक्वाइनको मूल्य २२,०९९ डलर अर्थात् १६ लाख २४ हजार रुपैयाँ प्रति युनिटमा पुगेको छ । यो वर्ष, यसको मूल्यमा १७० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । छिटो नाफाका लागि ठूला लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका छन् जसका कारण यसको मूल्य तिव्र रुपमा बढीरहेको छ ।
यस वर्ष अहिलेसम्म १७० प्रतिशतको वृद्धि
यस वर्ष अहिलेसम्म यसको मूल्य १७० प्रतिशतले वृद्धि भएको छ । कोरोना पछि, मार्च मा बिटक्वाइनको मूल्य प्रति युनिट ४००० डलर तल झरेको थियो । तर, अहिले डलर कमजोर भएका कारण, बिटक्वाइनले द्रुत गतिमा रीकभर गरीरहेको छ । त्यस्तै, विश्व बजारमा हाल सुनको मूल्यमा भएको गिरावटको कारणले पनि क्रिप्टोकरेन्सीहरूमा लगानीकर्ताको चासो बढेको छ ।
क्रिप्टोकरेन्सीमा बढ्नुको कारण
विश्वको सब भन्दा ठूलो कम्पनी ब्ल्याक रकका अनुसार सेफ हेभनका रुपमा बिटक्वाइनले एक दिन सुनको स्थान पनि लिन सक्छ । यसलाई पनि बिटक्वाइनको मूल्य वृद्धि हुनुको कारण मान्न सकिन्छ । साना क्रिप्टोकरन्सीमा प्रख्यात इथेरियम, एक्सआरपी, लाइटक्वइन र स्टेलरको मूल्यको बृद्धिलेगर्दा बिटक्वाइनमा पनि वृद्धि भइरहेको छ ।
के हो बिटक्वाइन ?
बिटक्वाइन एक भर्चुअल मुद्रा हो । यसलाई डिजिटल मुद्रा पनि भनिन्छ । बिटक्वाइन एक यस्तो मुद्रा हो जलिाई तपाईं न त देख्न सक्नुहुन्न र न छुन सक्नुहुन्छ । यो इलेक्ट्रोनिक रुपमा नै स्टोर गरिएको हुन्छ । बिटक्वाइनको खोज २००८ मा भएको थियो । आधिकारिक रूपमा भने यो २००९ मा लन्च भयो ।

-एजेन्सी