
बैंकिङ खबर । कोरोना भाइरस (कोभिड–१९)ले मुलुकको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको छ । लामो समयको लकडाउन तथा निषेधाज्ञाका कारण व्यापार–व्यवसाय सञ्चालन हुन् सकेनन् । ठूला व्यापार व्यवसायमा मात्रै होइन, साना तथा मझौला व्यापार व्यवसायमा पनि कोरोनाको निकै नराम्रो असर परेको छ ।
ग्रामीण भेगका विपन्न वर्गको आर्थिक उत्थानका लागि वित्तीय सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई चाहिँ कोरोनाको असर कत्तिको परेको छ ? लघुवित्त संस्थाहरुले कसरी सेवा प्रदान गरिरहेका छन् र अहिलेको अवस्था के छ ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर स्वस्तिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालसँग बैंकिङ खबरका लागि आकास बोगटीले गरेको कुराकानीको सम्पादित अंशः
लघुवित्त वित्तीय संस्थाहरुलाई कोभिड–१९ को असर कत्तिको परेको छ ?
यतिबेला कोभिडले नेपालको समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्था हो । जसको प्रत्यक्ष असर वित्तीय क्षेत्रमा समेत परेको छ । कोभिडका नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन लामो अधिसम्म निरन्तर भइदिदा त्यसको समग्र क्षेत्रलाई असर पुग्यो ।
बजार व्यवसाय बन्द भए जसले गर्दा उत्पादन क्षेत्र बन्द भए ।
उत्पादन बन्द भएपछि व्यापार व्यवसाय रोजगारी लगायत आम्दानी रोकियो । जसको असर सम्रग क्षेत्रमा पर्न गई कयौ उद्योगधन्दा त विस्थापित नै भए । सम्पूर्ण क्षेत्र नै ठप्प भएपछि ‘क्यास फ्लो’को ‘मुभमेन्ट’ हुन सकेन ।
बजार चलाएमान हुन नसक्दा त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको हो । यसले गर्दा सबैभन्दा बढि विपन्न बर्ग नै पिडित भएको अवस्था छ, रोजगारी गम्यो, व्यापार व्यवसाय ठप्प भएपछि आम्दानीको बाटो बन्द भयो । त्यसैले सबैभन्दा बढि विपन्न वर्ग समस्या परेको छ ।
हालको अवस्थामा लघुवित्त संस्था कसरी अगाडि बढदैछन् ?
अहिलेको अवस्थामा तरलता सहज छ, तरलता सहज भयो भने लघुवित्तलाई बाच्न गाह्रो हुर्दैन । बैंकले लघुवित्तलाई दिने ब्याजदर फिक्स भयो भने बाच्न सहज नै हुन्छ । अहिले राष्ट्र बैंकले स्थिर व्याजदर लागू गर्न निर्देशन दिएको अवस्था छ, यसले लघुवित्तलाई राम्रो हुन्छ । यस्तो अवस्थामा हामी डिजिटलाइज भएर अगाडि बढ्न खोजिरहेका छौं । चाडै नै ट्याबलेट बैंकिङ सेवा सुचारु गर्ने सोचमा छौं । लघुवित्तको करिब ३० वर्षको इतिहास छ, अहिलेसम्म लघुवित्त कम्पनी पुरानै प्याटनबाट संचालनमा भइरहेका छन् ।
कोभिडका कारण लघुवित्तमा कर्जा जोखिमको अवस्था कस्तो रहेको छ ?
प्राय लघुवित्तबाट कर्जा विपन्न वर्गले नै लिने गरेको छन् । जसको आयस्तर न्यून हुन्छ, सिमित उद्यमशिलताको काम गर्ने व्याक्तिले लघुवित्तबाट कर्जा लिएका हुन्छन् । न्यून आयस्रोत भएका व्याक्तिलाई कोभिडले निकै असर गरेको छ ।
सानो पूँजीमा विभिन्न कृषि, कुखुरा पालन, खाजा नास्ता पसल लगायतका व्यवसाय गर्ने व्यक्तिलाई कोभिडले प्रत्यक्ष असर गरेको छ । लकडाउनमा यस्ता प्रकारका व्यवसाय ठप्प भएका भए । जसले गर्दा क्यास फ्लो हुन पाएन, सानो पूँजीले संचालन गरिएका व्यवसाय सानो
बजारमा सिमित हुन्छन्, कोभिडको समयमा बजार बन्द हुँदा यस्ता प्रकारका व्यवसायमा रोग लागे जस्तै भएका छन ।
करिब ६० प्रतिशत लघुवित्तको ऋणी समस्यामा परेका छन । अहिले लघुवित्त संस्थालाई लगानी गर्न समेत गाह्रो भएको र लगानी उठाउन समेत समस्या देखिएको छ ।
कोभिडले कृषिको काम गर्नेहरुलाई खासै समस्या परेन किनकी काम निरन्तर भइरहेकाले असर गरेन, तर सानो व्यवसाय, धुम्ती व्यवसाय, चिया खाजा पसल संचालन, हाट बजारतिर व्यवसाय गर्नेहरुलाई केहि समस्या परेको हो ।
यतिबेला लकडाउन खुलिसकेकाले गर्दा अवस्था अलि सामान्य बन्दै गइरहेको छ । बजारमा चहलपहल सुरु भएसंगै हामीले उद्यमशिलतालाई जोड दिर्दै कर्जा प्रवाह सुचारु गरिसकेका छौं । यूवालाई उद्यमशिलतामा परिचालन गर्ने उद्देश्उका साथ हामी लागिरहेका छौं ।
वित्तीय क्षेत्रमा लघुवित्तको कस्तो महत्व देख्नुहुन्छ ?
लघुवित्तले गरिबी न्यूनीकरण तथा विपन्न बर्गको उत्थानको लागि काम गर्ने गर्दछ । नेपालको सन्दर्भमा दुर दराज, हिमाल पहाड तराई लगायतका सम्पूर्ण ठाउँमा गएर विपन्न वर्गलाई बैंकिङ सेवा दिने भनेको नै लघुवित्त हो । लघुवित्तले गर्दा देशमा वित्तीय साक्षरता दर वृद्धि गर्ने, उद्यमशिलता विकास गर्नको लागि लघुवित्तको ठुलो योगदान छ ।
लघुवित्तले वित्तीय क्षेत्रमा सक्षम जनशक्तिको उत्पादन भइरहेको छ। घरदैलोमा बैंकिङ सेवा पुगेकाले महिलामा पनि वित्तीय साक्षरता बढेको छ। गरिबी पनि धेरथौर लगानीमा प्रोत्साहित भएका छन् । क्रेडिट कल्चरको डिसिपिलेन पनि भएको छ। यसरी हेर्दा लघुवित्तले धेरै नै सकरात्मक प्रभाव परेको छ।
अन्तमा, राष्ट्र बैंकले लघुवित्तका लागि गर्नु पर्ने सुधारका कामहरु केहि छन् कि ?
लघुवित्त वित्तीय संस्थालाई थप प्रभावकारी बनाउँन राष्ट्र बैंकले कडा नीति ल्याउनु आवश्यक छ । राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा लगाईदिएको १५ प्रतिशत क्याब अत्यन्त राम्रो छ । लघुवित्तको तरलतामा नेपाल राष्ट्र बैंकले परिपत्र ल्याउन जरुरी छ, बैंकले मनोपोलि किसिमले नभएर लघुवित्तलाई दिने कर्जा बेसरेट भन्दा पनि फिक्स गरियो भने प्रभावकारी बनाउँन सकिन्छ ।
तरलतामा अभाव भएन भने लघुवित्त टिक्छन्, अर्को लघुवित्तको संख्यामा कमी आउँन जरुरी छ, लघुवित्तले प्रर्दान गर्ने सेवामा गुणस्तर कायम हुनुपर्दछ । सबै लघुवित्त कर्जा सुचना आवेदन केन्द्रमा आवृद्ध भएर कर्जा व्यवस्था भयो भने गुणस्तर कायम हुन्छ र सुनिश्चत पनि हुन्छ ।




