Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

आरबीआईको दोस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा बैठक सुरु

२०७७ मंसिर १८ गते

रिजर्व बैंक अफ इन्डिया (आरबीआई) को मौद्रिक नीति समितिको बैठक बुधबार सुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ । मौद्रिक नीति समीक्षाको घोषणा शुक्रबार गरिनेछ । विशेषज्ञहरुका अनुसार उच्च महंगाई दरका कारण मुख्य ब्याजदरमा कुनै परिवर्तन गरीनेछैन ।
अक्टोबरमा भएको पछिल्लो समीक्षामा आरबीआईले महंगाई कम राख्न व्याजदरमा कुनै परीवर्तन गरेको थिएन । खुद्रा महंगाईको दर केही समयदेखि ६ प्रतिशतभन्दा माथि पुगेको छ । यता, भारतीय सरकारले आरबीआईलाई उक्त खुद्रा महंगाई दरलाई न्यूनतम २ प्रतिशत र अधिकतम ६ प्रतिशतको बिचमा बनाउन निर्देशन दिएको छ ।
फेब्रुअरी पछि रीपो दरमा १.१५ % कटौती
आरबीआईले यस वर्ष कोरोना माहामारीका कारण देशको जीडीपीमा ९.५ प्रतिशत गिरावटको अनुमान राखेको छ । यसले फेब्रुअरीपछि रीपोदरमा कुल १.५ प्रतिशत कटौती गरेको छ ।

लगातार ९ महिना बढ्यो खुद्रा महंगाई दर
खुद्रा महंगाई दर अक्टोबरमा ७.६१ प्रतिशतमा रह्यो । लगातार ९ महिना खुद्रा महंगाई दर बढेको छ । अक्टोबरको ८.३३ प्रतिशत दर मे २०१४ पछि उच्च स्तरमा पुगेको छ ।