Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

क्रिप्टोकरन्सीको बढ्दो डिमान्ड : २०२० उच्च स्तरमा बिटक्वाइन

२०७७ मंसिर १६ गते

सबैभन्दा प्रसिद्ध क्रिप्टोकरेन्सीहरू मध्ये प्रख्यात, बिटक्वाइनले २०२० मा राम्रो प्रदर्शन गरिरहेको छ । सोमबार बिटक्वाइन ९ प्रतिशतले बढ्यो १९८६० डलर प्रति युनिटको यस वर्षको उच्च स्तरमा पुगेको छ । यसभन्दा अघि बिटक्वाइन डिसेम्बर २०१७ मा १९८७३ डलर प्रति युनिटकोे स्तरमा पुगेको थियो ।

२०२० मा हालसम्म १७५ प्रतिशतको वृद्धि
बिटक्वाइनको लागि २०२० राम्रो वृद्धिको वर्ष साबित भइरहेको छ । २०१९ को अन्त्य पछि २०२० मा हालसम्म यसको मूल्यमा १७५ प्रतिशत ग्रोथ भएको छ । कोभिड माहामारी फैलिएपछि मार्चमा बिटक्वाइनको वैश्विक वृद्धिमा ४००० डलर प्रति युनिट तल झरेको थियो । तर डलर कमजोर भएका कारण, बिटक्वाइनले तिव्र गतिमा आफ्नो गति लियो ।

स्मार्ट र संस्थागत पैसाको कारण वृद्धि
अमेरिकी ब्रोकरेज एण्ड ट्रेडिंग फर्म ईटोरोका प्रबन्ध निर्देशक गे हर्ष भन्छन् “बिटक्वाइन यो उछाल अनुमानको सट्टा स्मार्ट र संस्थागत पैसाको आधारमा आएको हो ।” उनी भन्छन् आज पनि ठूलो संख्यामा व्यक्तिगत र सम्पत्ति प्रबन्धकहरूले बिटक्वाइनहरु खरीद गरिरहेका छन् । हाल लगभग ३६५ बिलियन डलरको बिटक्वाइन सर्कुलेसनमा छन् ।
विश्वको सब भन्दा ठूलो कम्पनी ब्ल्याक रकका अनुसार सेफ हेभनका रुपमा बिटक्वाइनले एक दिन सुनको स्थान पनि लिन सक्छ । यसलाई पनि बिटक्वाइनको मूल्य वृद्धि हुनुको कारण मान्न सकिन्छ । साना क्रिप्टोकरन्सीमा प्रख्यात इथेरियम, एक्सआरपी, लाइटक्वइन र स्टेलरको मूल्यको बृद्धिलेगर्दा बिटक्वाइनमा पनि वृद्धि भइरहेको छ ।