वित्तीय लक्ष्य पूरा गर्न अत्यधिक खर्च गर्ने बानीलाई कसरी कम गर्ने ?

आफ्नो खर्च गर्ने बानी सम्झेर धेरै जनालाई टाउको दुख्छ । कतिजनाले बाध्यताले खर्च कम गर्न सक्नुभएको हुन्न, कतिजनाले पहिलादेखिको आफ्नो खर्च गर्ने बानीलाई सुधार्न सकिराख्नुभएको हुन्न । तर जे जे भए पनि आफ्नो पैसा कसरी कम खर्च गर्ने भनेर प्रतिज्ञा लिनु नै ठूलो अनुशासन हो ।
 हामीले सिकेको नराम्रो आर्थिक संस्कार, व्यवहारमा बढ्दै आएको खर्चालु जीवनशैली र मुख्यतया भावनात्मक समस्याहरूले गर्दा अत्यधिक खर्च गर्ने बानी हुर्कँदै आएको हुन्छ ।
 अत्यधिक खर्च गर्ने बानीबाट मुक्त भएमा आफ्नो परिवारमा सबैभन्दा ठूलो खुसीको अनुभव वा भावना साँट्न सकिन्छ । खर्च गर्ने बानीमा परिवर्तन गर्न सकेको खण्डमा पैसा बचत गर्न सकिन्छ ।
 आफुलाई अत्यावश्यक परेको वस्तु बजारमा खोजमेल गरेर र पैसा बुझेर मात्र किन्न सकियो भने अनावश्यक महङ्गीबाट बच्न सकिन्छ ।
 सेल फोन प्रयोग गरेर कुराकानी गर्न कम गरेको खण्डमा बिल कम गर्न सकिन्छ । बालबालिकालाई खर्च गर्ने गतिविधिहरूबाट छुट्कारा गराउने हो भने खर्च घटाउन सकिन्छ ।
 कुनै पनि वस्तु तथा सेवा छिट्टै उपभोग गरेर सकिन्छ भने उक्त वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुपर्छ ।
 लामो समयसम्म टिकाउ हुने र उपभोग गरिसकेपछि प्रतिफल दिने वस्तु तथा सेवा खरिद गर्दा खर्च बच्छ ।
 आफ्नो अगाडिका पारिवारिक लक्ष्यहरूमा कसको योगदान कति हुने भनेर छलफल गर्न तर्कहरू गर्न सकिन्छ, झगडा होइन ।
समृद्ध परिवारको लागि निश्चित वित्तीय लक्ष्य हुन जरूरी छ । पारिवारिक लक्ष्य वा व्यक्तिगत लक्ष्य भन्नाले केही वर्षकोमहिनाको अवधिमा प्राप्त गर्न सकिने वस्तु तथा सेवा हो ।

स्रोत : नेपाल राष्ट्र बैंक


सोसिअल मेडिया