November 22nd, 2020

कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्रको रीकभरीमा कठिन हुने आईएमएफको प्रक्षेपण

विश्वभर कोरोना भाइरसबाट संक्रमित बिरामीहरूको संख्या फेरि बढ्दै छ, जसको कारण आर्थिक सुधारको गति ढिलो भएको छ । यस वर्ष कोरोना महामारीको कारण विश्वको अर्थतन्त्रमा नराम्रो असर परेको थियो । विश्वव्यापी रूपमा आर्थिक गतिविधिहरू सुरु भएपछि तेस्रो क्वाटरमा पुनः रीकभरी पनि देखिन्थ्यो ।
यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या फेरि बढिरहेको बताएको छ, जसका कारण आर्थिक सुधारको गति सुस्त भएको छ । आईएमएफका प्रबन्ध निर्देशक (एमडी) क्रिस्टलिना जर्जियाले विश्वभरका २० प्रमुख अर्थतन्त्रका नेताहरूसँग भर्चुअल बैठकको लागि एउटा नोट तयार गरेकी छिन् । नोटमा “यो खोप कोरोना भाइरस विरुद्ध लड्न तयार भइरहेको समेत उल्लेख गरीएको छ । खोपले माहामारीलाई हटाउन मद्दत गर्न सक्दछ । कोरोना माहामारीका कारण हालसम्म लाखौं मानिस मारिएका छन् र लाखौंले रोजगार गुमाएका छन् ।” आईएमएफका एमडी जर्जिएभाका अनुसार “अब कोरोना खोपमा सकारात्मक आशा गरिएको छ, तैपनि, आर्थिक सुधार धेरै गाह्रो देखिन्छ । यसको सबैभन्दा ठूलो कारण यो हो कि फेरी एक पटक कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको छ र यसले फेरि एकपटक लकडाउनहरू निम्त्याउन सक्छ ।

“आईएमएफको अनुमानका अनुसार यस वर्ष विश्वव्यापी आर्थिक बृद्धि सुस्त हुनेछ र सार्वजनिक ऋण बढ्नेछ । कोरोना भाइरसको कारण विश्वव्यापी अर्थतन्त्रमा दीर्घकालीन असर हुने आशंका गरिएको छ । यसैबिच जर्जियाले विश्वभरिका सरकारहरूले आर्थिक सहयोग गर्ने अपेक्षा गरेकि छिन् । उनी भन्छिन् सरकारले पूर्वाधारमा लगानी बढाउनु पर्छ ताकि धेरै मानिसहरुले रोजगारी पाउन सकून् र उनका अनुसार यदि सबै देशहरु मिलेर काम गरेमा आर्थिक बृद्धि, रोजगारी र जलवायु परिवर्तनमा राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]