
कोरोनाकालमा ग्लोबल पेमेन्टको लागि अमेरिकी डलरको सट्टा यूरोको अधिक प्रयोग गरिएको थियो । सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनान्सीयल टेलिकम्युनिकेशन (स्विफ्ट) (२०० देशका ११ हजार वित्तीय संस्थाका इन्टर बोर्डर पेमेन्ट म्यासेज सम्हाल्ने संस्था)ले यस्तो जानकारी दिएको हो ।
यूरोको प्रभुत्व
पछिल्लो स्विफ्ट रिपोर्ट अनुसार अक्टोबरमा यूरोपियन मुद्रा युरो सबैभन्दा बढी प्रयोग भएको थियो । यसपछि ब्रिटिश पाउन्ड र जापानी मुद्रा येनको प्रयोग गरिएको थियो । क्यानेडियन डलर र चिनियाँ युआन पनि यस सूचीमा समावेश छन् ।
अमेरिकी डलरको प्रयोगमा कमी
पछिल्लो समय अन्तर्राष्ट्रिय भुक्तानीमा अमेरिकी डलरको गिरावट देखिएको छ । व्यापारको उतार चढाव, महामारीको मन्दी र राजनीतिक परिवर्तनका कारण यस्तो गिरावट आएको हो । ब्लूमबर्गका अनुसार डलर मार्चदेखि ११ प्रतिशतसम्म घटेको छ । त्यस्तै बैंक अफ इन्टरनेसनल सेटलमेन्ट (बीआईएस) को जुलाईको रिपोर्ट अनुसार क्रस बोर्डर लोनको सन्दर्भमा भने डलर अझै टप फंडिङ करेन्सी हो । प्रतिवेदनका अनुसार कुल विदेशी विनिमय लेनदेनको ८५ प्रतिशत हिस्सा डलरमा हुन्छ । यो आधिकारिक विदेशी मुद्रा रिजर्व को ६१ प्रतिशत हुन आउँछ । बीआईएसले कूल अन्तर्राष्ट्रिय व्यापारको आधा हिस्सा अमेरिकी डलरमा रहेको बताएको छ ।



