Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

आरबीआई गभर्नर शाक्तिकान्त दासलाई कोरोना संक्रमण, आइसोलेसनमा पनि काम गर्दै

२०७७ कार्तिक २० गते

बैंकिङ खबर । भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर शाक्तिकानन्त दासलाई कोरोना संक्रमण भएको छ । उनले मेडिकल टेस्टमा आफुलाई कोरोना भाइरस पोजेटिभ भएको ट्वीटर मार्फत जानकारी दिएका थिए । यसका साथै उनले आफु छुट्टै बसेर काम गर्ने र रिजर्व बैंकको काम समेत सामान्य ढंगले जारी राख्ने बताएका थिए ।
दास अर्थव्यवस्था र वित्तीय बजारलाई राम्रो अवस्थामा राख्नको लागि लकडाउन र त्यपछिको अवधिमा सक्रिय थिए । उनले कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाई सहयोग गर्न परम्परागत मौद्रिक नीतिहरूको साथसाथै उनले नयाँ नीतिहरू पनि प्रयोग गरे ।