November 7th, 2020

भारतको विदेशी विनिमय भण्डार ५६०.५३ अर्ब डलरको उच्च स्तरमा

भारतको विदेशी मुद्रा भण्डार (फोरेक्स रिजर्भ) एकपटक फेरि नयाँ उचाइमा पुगेको छ । गत हप्ता, विदेशी विनिमय सञ्चय ५६०.५३२ अर्ब डलरको स्तरमा पुगेको हो । रिजर्व बैंकले जारी गरेको तथ्याङ्क अनुसार अक्टोबर २३, २०२० मा समाप्त हुने हप्तामा विदेशी विनिमय सञ्चय ५.४१२ अर्ब डलरले वृद्धि भई ५६०.५३२ अर्ब डलर पुगेको छ । अक्टुबर १६ मा समाप्त हप्तामा सञ्चय ३.६१५ अर्ब डलरले वृद्धि भई ५५५.१२ अर्ब डलर पुगेको थियो ।

विदेशी विनिमय भण्डार के हो ?
विदेशी विनिमय भण्डार केन्द्रीय बैंकहरूद्धारा राखिएको धनराशि वा अन्य सम्पत्ति हो, जसको प्रयोग आवश्यक परेको खण्डमा दायित्व तिर्न प्रयोग गरिन्छ । एक राम्रो विनिमय भण्डार स्वस्थ अर्थतन्त्रको संकेत हो । यसले आर्थिक संकटको स्थितिमा अर्थव्यवस्थालाई धेरै आवश्यक मद्दत पु-याउँछ । यसमा विदेशी विनिमय सम्पत्ति, सुन भण्डार र आईएमएफमा अन्य प्रकारका भण्डारहरू सामेल छन् ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]