संयुक्त राष्ट्र संघको रिपोर्ट : २०२० को ६ महिनामा ग्लोबल एफडीआईमा ४९% को गिरावट

संयुक्त राष्ट्र संघका अनुसार २०२० को पहिलो छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मा ४९%  को गीरावट आएको छ । रिपोर्टले २०२० भरि एफडीआईमा ४०% गिरावटको पूर्वानुमान गरेको छ । प्रतिवेदनले गहन आर्थिक मन्दीको डरले विश्वव्यापी एफडीआई गिरावटमा रहेको उल्लेख गरेको छ ।

युरोपेली अर्थव्यवस्थामा नकारात्मक एफडीआई
युएन कन्फ्रेन्स फर ट्रेड एण्ड डेभलपमेन्ट (युएनसीटीएडी) द्वारा जारी प्रतिवेदनका अनुसार यस अवधिमा युरोपेली अर्थतन्त्रमा पहिलो पटक नेगेटिभ एफडीआइ रहेको छ । यस पटक एफडीआई ७ अर्ब डलर भएको छ, जुन एक बर्ष अघि २०२ अर्ब डलर थियो । त्यस्तै, अमेरिकामा एफडीआई ६१ प्रतिशतले गिरावट आई ५१ अर्ब डलरमा झरेको छ । प्रतिवेदनमा भनिएको छ “बहुराष्ट्रिय कम्पनीहरूले नगद जोगाउन लगानी स्थगित गरेका छन् । यसले ग्लोबल एफडीआईमा गिरावट आएको छ।”

अपेक्षित भन्दा बढी गिरावट हुन सक्ने
यूएनसीटीएटीको लगानी तथा उद्यम विभागका निर्देशक जेम्स जहानका अनुसार यस वर्षको पहिलो ६ महिनामा नै ग्लोबल एफडीआईमा करीब आधाले घटेको छ, जेम्स भन्छन् यो गिरावट वर्षभरिमा अनुमान भन्दा बढी हुन सक्छ । उनका अनुसार ग्लोबल एफडीआई वर्षभरि ३० देखि ४० प्रतिशतसम्म घट्न सक्छ । जबकि २०२१ मा ५ देखि १० प्रतिशत घट्ने अनुमान गरिएको छ ।

चीनमा स्थिर रह्यो एफडीआई
यूएनको रिपोर्ट अनुसार २०१९ मा एफडीआई प्राप्त गर्ने ठूला देशहरूमध्ये इटाली, अमेरिका, ब्राजिल र अष्ट्रेलियामा २०२० को ६ महिनामा गिरावट आएको छ । यद्यपि चीनले यसलाई तोडेको छ । पछिल्लो तथ्याङ्कका अनुसार २०२० को पहिलो ९ महिनामा चीनमा एफडीआई २.५ प्रतिशतले बढेको छ । चीनमा अधिकांश एफडीआई ई कमर्स सेवाहरू, विशेष प्रविधि सेवाहरू र अनुसन्धान र विकासमा रहेको छ ।

 

 

 


सोसिअल मेडिया