October 14th, 2020

विश्व बैंकद्धारा विकासोन्मुख देशहरूलाई १२ अर्ब डलर स्वीकृत, १०० करोड जनालाई खोप दिइने

बैंकिङ खबर । विश्व बैंकले कोरोनासँग सामना गर्न विकासोन्मुख देशहरूलाई सहयोग गर्ने भएको छ । बैंकले विकासोन्मुख देशहरूलाई सहयोग गर्न १२ अर्ब डलर अनुदान स्वीकृत गरेको छ । यो रकम भ्याक्सीन किन्न, तयारी गर्न र कोरोना संक्रमणको उपचारको लागि प्रयोग गरिनेछ । मंगलबार विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकमा यस्तो निर्णय भएको हो । बैंकले १०० करोड जनालाई खोप दिने अभियानलाई समर्थन गर्ने पनि घोषणा गरेको छ ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपासले भने “यो वित्तीय कार्यक्रम विश्वका खाँचोमा परेका देशहरूलाई सहयोग पु-याउन शुरू गरिएको हो । जुन देशहरुमा कोरोना विरुद्ध बच्न कम सुविधाहरु छ, त्यहा भाइरस फैलिनबाट रोक्न यस कार्यक्रमदे मद्दत गर्दछ । गरीब देशहरूमा चिकित्सा उपकरणहरू किन्न र स्वास्थ्य सेवाहरू सुधार गर्न मद्दत गरिनेछ । उनीहरूलाई विज्ञहरूको सल्लाह र नीति निर्माणमा समेत सहयोग पु-याइनेछ ।”


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]