Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय अर्थतन्त्रमा १४.८ प्रतिशत गिरावटको अनुमान

२०७७ भाद्र २६ गते

ग्लोबल रेटिंग र रिसर्च एजेन्सी गोल्डम्यान स्यासले भारतीय अर्थतन्त्रमा ठूलो गिरावटको पूर्वानुमान गरेको छ । एजेन्सीका अनुसार, आर्थिक वर्ष २०२०/२१ मा भारतमा १४.८ प्रतिशतको ठूलो गिरावट आउने अनुमान गरिएको छ । यस अघि एजेन्सीले ११.८ प्रतिशत गिरावटको पूर्वानुमान गरेको थियो । गोल्डम्यान स्यासको क्यालेन्डर वर्ष २०२० मा ११.१ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जबकी यस अघि ९.६ प्रतिशत गिरावटको अनुमान गरीएको थियो । यसका अलावा फिच रेटिंग्स र इंडिया रेटिंग्सले पनि चालू आर्थिक वर्षको जीडीपी वृद्धिमा ठूलो गिरावटको पूर्वानुमान गरेको छ ।

अक्टूबर–डिसेम्बर क्वार्टरमा वृद्धिको पूर्वानुमान
फिच रेटिंग्सले पनि मंगलबार जीडीपी ग्रोथको डाटा जारी गरेको छ । एजेन्सीले भारतीय अर्थतन्त्रमा १०.५ प्रतिशतको भारी गिरावटको अनुमान गरेको छ । यद्यपि एजेन्सीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (अक्टोबर-डिसेम्बर) मा वृद्धि हुन सक्ने अनुमान पनि गरेको छ । यस अवधिमा अर्थव्यवस्थाको सुधारको गति सुस्त र असमान हुने अपेक्षा गरिएको छ । फिच रेटिंग्सले यसभन्दा पहिले चालू आर्थिक वर्षमा भारतको जीडीपीमा ५ प्रतिशतको गिरावटको अनुमान गरेको थियो ।