Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अर्थतन्त्रको सुपर पावर अमेरिकालाई कोरोना भाइरसको ठूलो धक्का, १९५८ पछिकै ठुलो आर्थिक गिरावट

२०७७ श्रावण २७ गते

अर्थतन्त्रको हिसाबले सुपर पावर भनेर चिनिने अमेरिकालाई कोरोना भाइरसले ठूलो धक्का दिएको छ । अमेरिकी अर्थव्यवस्थामा अप्रिल–जून क्वाटरमा ३२.९ प्रतिशतले गिरावट आएको छ । अमेरिकी अर्थतन्त्रमा यो अहिलेसम्मको सबैभन्दा ठूलो गिरावट हो । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार कोरोना भाइरसको कारण व्यवसाय एवं कारोबार बन्द भएको छ । यसका कारण लाखौं मानिसहरूले रोजगारी गुमाएका छन् । यसले बेरोजगारी दर बढेर १४.७ प्रतिशत सम्म पुगेको छ ।

१९५८ पछिकै सबैभन्दा ठुलो आर्थिक गिरावट
अमेरिकी वाणिज्य मन्त्रालयले १९४७ को रेकर्ड डेट पछि जीडीपी र वस्तु र सेवा उत्पादनमा यो दोस्रो ठुलो त्रैमासिक गिरावट हो । यस अघि १९५८ मा १० प्रतिशतको त्रैमासिक गिरावट आएको थियो । त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट डेबिड आइजनहावर थिए । र त्यसबेला अमेरिकी अर्थव्यवस्था जनवरी मार्च त्रैमासमा ५ प्रतिशत त्रैमासिक गिरावट थियो । यो त्यो समय थियो जब कोरोना भाइरसको कारण आएको आर्थिक मंदी आर्थिक बजारमा प्रवेश ग¥यो । यस गीरावटको साथ अमेरिकी अर्थव्यवस्थामा ११ बर्षको अर्थव्यवस्थाको वृद्धिको अन्त्य भयो ।

उपभोक्ता खर्च घट्नाले अर्थव्यवस्थामा गिरावट
वाणिज्य मन्त्रालयका अनुसार उपभोक्ता खर्चमा कमी आएको कारण अर्थतन्त्रमा ठूलो गिरावट आएको हो । अमेरिकी आर्थिक गतिविधिमा उपभोक्ता खर्चको हिस्सा करीब ७० प्रतिशत रहेको छ । उपभोक्ता खर्चमा वार्षिक आधारमा ३४.६ प्रतिशतको गिरावट रहेको छ । कोरोना माहामारीको कारण ट्राभल इन्डस्ट्री पूर्णतया ठप्प भएको छ । यसले लाखौं रेष्टुरेन्टहरू, बारहरू, मनोरन्जन स्थलहरू र अन्य खुद्रा संस्थाहरूलाई बन्द गर्न बाध्य पार्दैछ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ अमेरिकी अर्थशास्त्री एन्ड्र्यू हन्टरका भन्छन् कोरोना महामारीको कारण अर्थतन्त्रमा अभूतपूर्व धक्का लागेको छ । हन्टरले यस घाटालाई पुनःप्राप्त गर्न धेरै वर्ष लाग्ने उल्लेख गरे ।

जुलाइ–सेप्टेम्बर त्रैमाासमा पनि गीरावटको आशंका
धेरै विश्लेषकहरूले अर्थतन्त्रमा आएको मन्दीको बाबजुद चालू जुलाई–सेप्टेम्बर क्वार्टरमा रीकभरीकोे आशा गरेका छन् । विश्लेषकहरूको अनुसार यो त्रैमासिकमा बार्षिक आधारमा १७ प्रतिशत बृद्धि हुने अनुमान छ । तर अमेरिकाका धेरैजसो राज्यहरूमा कोरोनाभाइरसको घटना बढ्दै जाँदा व्यवसायहरू फेरि बन्द गर्न बाध्य भएका छन् । यसका साथै रिपब्लिकन सिनेटले बेरोजगारहरूलाई सरकारी सहयोग गर्ने प्रस्ताव गरेका छन् । यस कारणले गर्दा, जुलाई–सेप्टेम्बर क्वार्टरमा गिरावट आउन सक्छ ।

व्यापार लगानी खर्चमा पनि २७ प्रतिशतले गिरावट
उपभोक्ता खर्च बाहेक, ब्यापार लगानी र आवास खर्च पनि अप्रिल–जून त्रैमासमा घटेको छ । तथ्यांकका अनुसार गत त्रैमासमा लगानी खर्चमा २७ प्रतिशत र आवास खर्चमा ३८.७ प्रतिशतले गिरावट आएको छ । यसका साथै, राज्य र स्थानीय सरकारहरूको कर राजस्व खस्कँदा उनीहरूको वार्षिक खर्च आधारमा ५.६ प्रतिशतले कमी आएको छ । यसको लागि समग्र सरकारी खर्चमा १७.४ प्रतिशतले बढेको जनाइएको छ । यसका लागि संघीय खर्च १७.४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी सरकारले कोरोनाभाइरसको नकरात्मक आर्थिक असरहरूको सामना गर्न २ खर्ब डलर भन्दा बढी खर्च गरेको छ । यसले साना व्यापारी र बेरोजगारहरूलाई प्रति व्यक्ति १२०० डलर सहायता पनि समावेश गरेको छ ।

कोरोनाको कारण जाब मार्केट धरासायी
अमेरिकी अर्थव्यवस्थामा रोजगार बजार एक मजबूत स्तम्भ हो, तर कोरोना भाइरसले रोजगार बजारलाई पूर्ण रूपमा ध्वस्त पारेको छ । पछिल्ला १९ हप्तामा १० लाख भन्दा बढी व्यक्तिहरूले बेरोजगारीको लाभका लागि आवेदन दिएका छन् । हालसम्म, कुल रोजगार गुमाएका मध्येका एक तिहाइ पुनको पुन रीकभरी भइसकको छ । तर कोरोनाको बढ्दो मामिलाहरूले रोजगार बजारमा रीकभरी दरमा ढिलाई हुन सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प भाइरसको बढ्दो अवस्थाका बीच पनि कारोबार खोल्न दबाब दिइरहेका छन् । अर्थशास्त्रीहरूका अनुसार महामारीलाई पराजित नगरेसम्म अर्थतन्त्रले पूर्ण सुधार गर्न सक्नेछैन ।