June 13th, 2020

कमजोर आर्थिक स्थितिका कारण पीपुल्स को-अपरेटिव बैंकलाई भारतीय रिजर्व बैंकले ६ महिनाको प्रतिबन्ध लगायो

भारतीय रिजर्व बैंक (आरबीआई) ले पीपुल्स को-अपरेटिव बैंकलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ । कमजोर आर्थिक स्थितिका कारण बैंकमा प्रतिबन्ध लगाइएको हो । यस प्रतिबन्धको कारण, बैंकले अब ६ महिनासम्म नयाँ लोन र निक्षेप लिन पाउने छैन । आरबीआईका अनुसार हाल यस सहकारी बैंकको निक्षेपकर्ताले पैसा निकासीको सुविधा पाउने छैनन् ।

कुनै पनि प्रकारको लेनदेनको लागि लिखित अनुमति
आरबीआईले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार जून १०, २०२० मा कारोबार बन्द भएपछि पीपुल्स को(अपरेटिव बैंकले कुनै नयाँ लोन वा पुरानो बाँकी नवीकरण गर्नुप-यो, वा कुनै पनि प्रकारको लगानी गर्नु प-यो र नयाँ निक्षेप स्वीकार्नुप-यो भने यसका लागि रिजर्व बैंकबाट लिखित अनुमति लिनु पर्ने हुन्छ । भारतीय रिजर्व बैंकले सहकारी बैंकलाई कुनै सम्पत्ति बेच्न, ट्रान्सफर गर्न वा बेच्न प्रतिबन्ध लगाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]