Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकाले साना व्यवसायीलाई ऋण मिनाहा गरिदिने

२०७७ जेष्ठ २४ गते

बैंकिङ खबर । अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने भएको छ । उसले उक्त विधेयक दुवै सदनबाट हालै पारित गरेको छ । कोरोना महामारीका कारण व्यबसायीहरु आर्थिक मारमा परेका कारण व्यबसायीले लिएको ऋण मिनाहा गर्न ऋणसम्बन्धी विधेयक अमेरिकी संसदले बहुमतले पारित गरेको हो ।

अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो कार्यन्व्यनमा आउनेछ । साना व्यवसायीलाई प्रत्यक्ष लाभाविन्त गराउन यसो गरिएको अमेरीकी अधिकारीले बताएका छन् । पुरानो ऋण मिनाहा भएपछि नयाँ ऋण द्यिइने छ । अब साना व्यवसायीले कामदारका लागि दिइने तलबबापत नयाँ ऋण पाउनेछन् । यो ऋण उनीहरुले तलब, किस्ता, ब्याज, बिजुली र घरभाडामा प्रयोग गर्नुपर्ने छ । यो विधेयक पछि हाल कामदार फिर्ता बोलाउन नसक्ने र व्यवसाय संचालन गर्न नसक्ने व्यवसायीलाई ठुलो राहत हुने छ ।