नेपाल राष्ट्र बैंक कर्मचारी संघको विधान २०५१ छैठौं संसोधन २०७० को परिच्छेद ३ दफा ९ र सोही दफाको क ३ बमोजिम बालुवाटार शाखाबाट कूल १५ जना (निर्वाचित अध्यक्ष पदेन हुने गरी) महाधिवेशन प्रतिनिधिको चयन हुनुपर्नेमा विधानमा हुदैं नभएको आरक्षणको व्यवस्था भनि महिला १ र जनजाति १ लाई निर्विरोध चयन भएको घोषणा गरी कूल १२ पदमा १८ जना विच चुनाव गराइएको भनी ओली पक्षधरले असन्तुष्टी जनाएको थियो । उक्त निर्वाचनमा केन्द्रीय समिति तटस्थ वस्नुपर्नेमा समितिकै सचिव गोविन्द प्रसाद भण्डारीलाई निर्वाचन मण्डलको संयोजक बनाई पुरै केन्द्रीय समितिको श्रोत र साधनको दुरुपयोग गरी एक पक्षीय ढंगले नेपाल पक्ष विचार समुहलाई जिताउन लागिएको ओली पक्षको आरोप छ । उक्त अधिवेशनबाट परिवर्तन पक्षधर भएर पनि खुलेर कुनै समुहमा नलागेका केही कर्मचारीलाई महाधिवेशन प्रतिनिधिमा विजयी भएको घोषणा गरिएको उनीहरुको दाबी छ ।
केन्द्रीय समितिका पूर्व उपाध्यक्ष पुष्पराज आचार्य, केन्द्रीय समितिका पूर्व सचिवद्वय छवीलाल शर्मा पौडेल र शिवप्रसाद घिमिरे, पूर्व केन्द्रीय सदस्य दीपक पोखरेल, चालक समूहका एक मात्र प्रतिनिधि गोपीकृष्ण भण्डारी र जुझारु युवा प्रेमप्रसाद आचार्यलाई जानीजानी हराइएको आरोप उनीहरुको छ । उक्त अधिवेशनबाट डा. महेशकुमार चौलागाईको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय बालुवाटार शाखा समितिको चयन भएको थियो ।