May 27th, 2020

अमेरीकामा बेरोजगारी ८० बर्ष यताकै उच्च, बेरोजगार भत्ता झन् धेरै

बैंकिङ खबर । कोरोना संकटका कारण अमेरिकामा बेरोजगारी ८० बर्षको उच्च रेकर्डमा पुगेको छ । करीव ३.८६ करोडले बेरोजगारी भत्ताका लागि दर्ता गरेका छन् । उनीहरूले पाउने तलब भन्दा डेढ गुणा बढी भत्ता पाइरहेका छन् । यसले बेरोजगारी भत्ता र बेरोजगारी बीमा जस्ता सरकारी योजनाहरूमा दबाब बढाएको छ ।

तलब भन्दा बढी भत्ता

अमेरिकी श्रम विभागका अनुसार सरकारले बेरोजगारहरूलाई ४५ हजार रुपैयाँ भत्ता दिइरहेको छ, जबकि अधिकांश व्यक्तिको औसत मासिक तलब ३० हजार रुपैयाँ छ । अधिक पैसा पाउने कारण मानिसहरू काम गर्न चाहँदैनन् । यस्तो अवस्थामा सरकारले कम्पनीबाट ती कर्मचारीहरुको रीपोर्ट मागेको छ । जसलाई काममा बोलाउँदा पनि गइरहेका छैनन् । बेरोजगारी बीमाको उद्देश्य रोजगार गुमाउदा जब सम्म नयाँ जागिर फेला पर्दैन तबसम्म क्षतिपूर्ति दिनु हो ।

अमेरिकामा बेरोजगारी दर लगभग १५ प्रतिशत
अमेरिकामा कोरोना संकट पछि बेरोजगारी दर १४.७ प्रतिशतमा पुगेको छ । यो धेरै ज्यादा हो ।

नर्वे : नर्वेमा अस्थायी कर्मचारीहरूलाई ३.८२ लाख रुपैयाँको भत्ता ।
स्पेन : सबै कर्मचारीलाई पुरै तलब र अस्थायी कर्मचारीलाई भत्ता दिइने ।
फ्रान्स : कर्मचारीलाई तलबको ८४ प्रतिशत भत्ता, आम मजदूरलाई १०० प्रतिशत भत्ता दिइने ।
क्यानडा : लकडाउनमा बेरोजगार भएका नागरीकहरुलाई सरकारले हर महिना १,०९,५०० भत्ता दिइरहेको छ ।
युके : कम्पनीहरूले २.३३ लाख रुपैँया भन्दा कम तलब हुने कर्मचारीहरुलाइ दिन सरकारी फंडको उपयोग गर्न सकिने ।

ग्रीस : यहाँ कर्मचारीहरुलाई मासिक ६६,३२४ भत्ता दिइएको छ ।
जापान : सरकारले सबै नागरिकहरुलाई ७०,१२० रुपैँया दिएको छ ।
न्युजील्याण्ड : न्युजील्याण्डले रोजगार गुमाउनेहरुलाई हरेक हप्ता १७,३६० रुपैयाँ भत्ता दिदैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]