जुकरबर्गले लकडाउनमै कमाए ३० अर्ब डलर, बने विश्वकै तेस्रो धनी

बैंकिङ खबर । कोरोना महामारीले विश्वकै अर्थतन्त्र तहसनहस भएको छ । यस्तो अबस्थामा पनि टेक्नोलोजी व्यबसाय अन्तरगतको फेसबुकले भने राम्रो आम्दानी गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्तिमा धेरै नै बृद्धि भई उनी विश्वकै तेस्रो धनी ब्यक्ति भएका छन् । गत दुई महिनामा उनको ३० अर्ब डलरभन्दा बढी सम्बपत्ति वृद्धि भएको छ। मार्चको मध्यतिर आइपुग्दा जुकरबर्गसँग ५७.५ अर्ब डलर सम्पत्ति भएकोमा हाल उनको सम्पत्ति बढेर ८७.५ अर्ब डलर पुगेको छ । उनले वारेन बफेटलाई समेत उछिनेका छन् ।