May 22nd, 2020

कोरोनाका कारण चिनले आर्थिक बृद्धिको कुनै लक्ष लिएन

बैंकिङ खबर । शुक्रबारदेखि चीनमा संसद बैठक शुरु भएको छ । यस महामारीको बेलामा पनि चीनले रक्षा बजेटमा ६.६ प्रतिशतले वृद्धि गरेको छ । रक्षा बजेट लगभग १८० अरब डलर पुगेको छ । गत वर्ष यो १७७.६ अर्ब डलर थियो । गत वर्ष पनि चीनले रक्षा बजेटमा ७.५ प्रतिशतले वृद्धि गरेको थियो । चीन सेनामा खर्च गर्ने हिसाबले अमेरिका पछि दोस्रो स्थानमा छ । नयाँ बजेटमा एयरक्रोफ्ट केरीयर, न्यूक्लियर र लडाकु जेटहरूको लागि धेरै रकम विनियोजन गरिएको छ ।
 
१९९० पछि पहिलो पटक जीडीपीको लागि कुनै लक्ष्य तय छैन
नयाँ बजेटमा जीडीपीको लक्ष्य निधारित गरिएको छैन । यस अघि पहिले १९९० मा यही स्थिति देखा परेको थियो । नेशनल पीपुल्स कांग्रेस (एनपीसी) को वार्षिक बैठकमा प्रधानमन्त्री ली कोचियांगले भने, “हामीले यस बर्ष आर्थिक वृद्धिको लागि कुनै लक्ष्य राखेका छैनौं । हाल देश केहि चीज संग संघर्ष गर्दै छ । यस बेला प्रगतिको अनुमान गर्न गाह्रो छ । यो कोरोना भाइरसको कारणले गर्दा भएको हो । विश्वव्यापी अर्थतन्त्र प्रभावित भएको छ, व्यवसाय पनि नराम्रो असर परेको छ ।”
 
२९८७ सदस्यहरू सामेल भए
बैठकमा राष्ट्रिय एनपीसीका कुल २९८७ सदस्य उपस्थित भएका थिए । राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री ली कोचियांग सँगै सत्तारूढ दलका सबै नेताहरू मास्क बिना नै पुगेका थिए । यद्यपि केही सदस्यहरूले मास्क लगाएका थिए । बैठकमा महामारीमा आफ्नो जीवन गुमाएकाहरूप्रति मौन श्रद्धांजलि अर्पण गरिएको थियो ।
 
हंगकंगको सुरक्षा सम्बन्धि बिधेयक पेश
हंगकंगमा धेरै महिनादेखि चीन विरोधी प्रदर्शनहरू जारी छन् । मानिसहरू प्रजातान्त्रिक अधिकारीको माग गरिरहेका छन् । वार्षिक बैठकमा हंगकंगको लागि सुरक्षा सम्बन्धि बिधेयक पेश गरिएको थियो । यसमा देशद्रोह, आतंकवाद, विदेशी हस्तक्षेप र विरोध गर्ने जस्ता गतिविधिहरूमा प्रतिबन्ध लगाउन भनिएको छ । यसमा अमेरिका र हंगकंगका प्रजातन्त्र समर्थकहरूले यस विधेयकको आलोचना गरेका छन् । यो विधेयक पेश भएको लगत्तै हंगकंगमा चीन विरोधी प्रदर्शन तीव्र भएको छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]