कोरोनाको मन्दीले जापानमा दशककै ठूलो गिरावट

विश्वव्यापी रूपमा फैलिएको कोरोनाले जापानमा धेरै नराम्रो प्रभाव पारेको छ । यसैबिच जापान मन्दीको शिकारमा परेको छ । २०२० मा जापानको निर्यात २२ प्रतिशत घटेको छ । यो एक दशककै निर्यातको सबैभन्दा ठूलो गिरावट हो । जापानको वित्त मन्त्रालयले समान अवधिमा आयातमा पनि ७ प्रतिशतले गिरावट आएको जनाएको छ ।

२००८ को वित्तीय संकट भन्दा पनि खराब हालत

जापानको वित्त मन्त्रालयका अनुसार निर्यात क्षेत्रमा २००८ को वित्तीय संकट भन्दा पनि नराम्रो अवस्थामा आएको उल्लेख छ । जापानको अर्थतन्त्र पूर्णतया निर्यातमा निर्भर छ र यो हाल कारोनाकोे स्वास्थ्य जोखिममा रहेको अर्थव्यवस्थालाई निरन्तरता दिन संघर्ष गरिरहेको छ । अन्य देशहरू जस्तै जापानले कोरोना संक्रमणको रोकथामका लागि घरबाटै काम गर्न आग्रह गरेको छ । नागरीकहरुलाई सामाजिक दूरी कायम राख्न अपील गरिएको छ । यद्यपि सरकारले संक्रमण नभएका र कम संक्रमण भएका क्षेत्र खोल्ने पहल गरेको छ ।

गत वर्षको अन्तिम त्रैमासमा संकुचन भएदेखि जापान मन्दीको चपेटामा छ । विश्लेषकहरूको भनाइ अनुसार कोरोनाको आर्थिक प्रभाव लामो समयसम्म रहेमा अवस्था झन् नराम्रो हुन सक्छ । पर्यटन घटेको छ । रेस्टुरेन्टहरू बन्द छन् । खुलेकाहरुमा पनि ग्राहकहरूको संख्या न्युन छ ।
यस बाहेक अमेरिका र चीनको बिच चलिरहेको व्यापार विवादबाट पनि जापानमा असर परीरहेको छ ।