May 19th, 2020

आरबीआईद्धारा नियम पालना नगर्ने १४ फाइनान्स कम्पनीको लाइसेन्स खारेजी

भारतीय रिजर्व बैंक (आरबीआई) ले मंगलबार १४ गैर बैंकिङ फाइनान्स कम्पनी (एनबीएफसी) को लाइसेन्स रद्द गरेको छ । आरबीआईले जारी गरेको विज्ञप्ति अनुसार आरबीआई ऐन १९३४ को धारा ४५–१ को सेक्शन–ए को नियम अनुसार काम नगरेकोमा उनीहरुलाई रद्द गरिएको छ । यस बाहेक ९ एनबीएफसीले आफैंले आफ्नो लाइसेन्स समर्पण गरेका छन् । यी कम्पनीहरूले पनि आरबीआई ऐन १९३४ अनुसार काम गर्न सकेका थिएनन् ।

२०१९ मा पनि १८५१ एनबीएफसीको लाइसेन्स रद्द भएको थियो
निर्धारीत मापदण्ड अनुसार काम नगरेको कारण आरबीआईले समय–समयमा विभिन्न वित्तीय संस्थाहरु विरुद्ध कारबाही गरीरहेको छ । २०१९ मा पनि आरबीआईले १८५१ एनबीएफसीको लाइसेन्स रद्द गरेको थियो । यस अघि २०१८ मा २२४ र २०१७ मा १६९ एनबीएफसीका लाइसेन्सहरू रद्द गरिएको थियो । यसरी  हरेक बर्ष एनबीएफसीको लाइसेन्स रद्द हुनेको संख्यामा वृद्धि भइरहेको छ ।

आत्मसमर्पण गर्न सक्ने एनबीएफसीकोे संख्या बढ्न सक्छ
विज्ञहरूका अनुसार लकडाउनमा एनबीएफसीलाई ठूलो समस्या आएको छ । आरबीआई ले कर्जा लिनेहरुलाई तिर्ने अवधि बढाउने सुविधा प्रदान गरेको छ जुन अझ बढ्ने सम्भावना छ । बजारमा उधारोको कुनै माग छैन । यस्तो अवस्थामा साना एनबीएफसी धान्न कठिन छ । त्यसैले आगामी दिनमा, लाइसेन्स सरेंडर गर्ने एनबीएफसीको संख्या बढ्न सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]