कोरोनाको कारण मार्च त्रैमासमा बैश्विक व्यापार ३ प्रतिशत घट्यो : संयुक्त राष्ट्र संघ

मार्चको त्रैमासिकको तुलनामा जूनको त्रैमासिकमा अन्तर्रा्ष्ट्रिय व्यापार २७ प्रतिशतले घट्न सक्ने

मार्चमा कमोडिटीको मूल्य २०.४ प्रतिशतलले घट्यो, इन्धनको मूल्यमा ३३.२ प्रतिशत गिरावट

कोविड १९ को महामारीको कारण यस वर्षको पहिलो त्रैमासिक (जनवरी–मार्च) मा अन्तर्राष्ट्रिय व्यापार तीन प्रतिशतले घटेको संयुक्त राष्टको व्यापार संगठनले रिपोर्टमा उल्लेख गरेको छ । जसको अनुसार अप्रिल-जून क्वाटरमा अन्तर्राष्ट्रिय व्यापार मार्चको क्वार्टरको तुलनामा २७ प्रतिशतले घट्न सक्ने छ । अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ भने वस्तुको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ ।

३६ अन्तराष्ट्रिय संगठनहरुद्धारा तयार पारीएको रीपोर्ट
यो प्रतिवेदन अन्तराष्ट्रिय तथ्याङ्क संगठनहरू र धेरै देशका राष्ट्रिय तथ्याङ्क कार्यालयहरू र प्रणालीहरूको सहयोगमा तयार गरीएको हो । महामारीपछि फैलिएको निर्णय लिन प्रत्येक देशको सरकार दबाबमा रहेका छन् । ३६ अन्तर्राष्ट्रिय संस्थाहरुले तयार पारेको प्रतिवेदनका तथ्यांक अनुसार कोरोनाभाइरस महामारीको कारण यस वर्षको पहिलो त्रैमासिकमा अन्तर्राष्ट्रिय व्यापारको मूल्य ३ प्रतिशतले घटेको छ । प्रतिवेदनले दोस्रो त्रैमासिक अवधिमा (अप्रिल–जून) अन्तर्राष्ट्रिय व्यापार पहिलो त्रैमासिकको तुलनामा २७ प्रतिशतले घट्न सक्ने उल्लेख गरेको छ ।

कमोडिटीको मूल्यमा पनि तीव्र गिरावट, मार्चमा इन्धनको मूल्यमा ३३.२ प्रतिशतको गिरावट
प्रतिवेदनका अनुसार युएनसीटीएडीको फ्रि मार्केट कमोडिटी प्राइस इन्डेक्स (एफएमसीपीआई) को भ्यालुमा जनवरीमा १.२ प्रतिशत, फेब्रुअरीमा ८.५ प्रतिशत र मार्चमा २०.४ प्रतिशतले गिरावट आएको छ । यो इन्डेक्स विकासशील अर्थतन्त्रहरूले निर्यात गरेको प्राथमिक वस्तुहरूको मुल्यको परिवर्तनलाई दर्शाउँछ । यस गिरावटमा सबैभन्दा ठूलो भूमिका ईंधनको मूल्यले खेलेको थियो । यसमा मार्चमा ३३.२ प्रतिशतले घटेको छ । खनिज, धातु, खाद्य पदार्थ र कृषिका कच्चा मालमा ४ प्रतिशत भन्दा कमले गीरावट आएको छ ।

कमोडिटीको मूल्यमा २००८ को वैश्विक वित्तीय संकटको भन्दा बढी गिरावट
कमोडिटीको मूल्यमा २००८ को वैश्विक वित्तीय संकटको भन्दा बढी गिरावट आएकोे एफएमसीपीआईका लागि ऐतिहासिक गिरावट हो । २००८ को विश्वव्यापी वित्तीय संकटको समयमा, मासिक आधारमा अधिकतम १८.६ प्रतिशत गिरावट आएको थियो । त्यस समयमा गिरावट ६ महिनासम्म देखिएको थियो । तर आज गिरावट कहिलेसम्म रहने र कति लामो समयसम्म रहनेबारे निश्चित रूपमा भन्न सकिने अवस्था छैन ।

संयुक्त राष्ट्र संघद्धारा विश्व अर्थतन्त्रमा ३.२ प्रतिशत गिरावट आउने चेतावनी
कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय व्यापार घट्नु अघि अन्तर्राष्ट्रिय वस्तुको व्यापारिक मात्रा र मूल्यमा केही हदसम्म सुधार देखिएको थियो । तर हाल संयुक्त राष्ट्र संघले जारी गरेको एक अनुमानमा कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रमा ३.२ प्रतिशतले गिरावट आउन सक्ने जनाएको छ । साथै आर्थिक गतिविधिहरू बढ्दो अनिश्चितताको कारण १९३० पछिको सबैभन्दा ठुलो मंदी संकट उत्पन्न भएको छ ।