May 15th, 2020

विश्व बैंकद्धारा भारतलाई एक अर्ब डलरको सामाजिक सुरक्षा प्याकेजको घोषणा

विश्व बैंकले भारतलाई सामाजिक सुरक्षा प्याकेजको रूपमा एक अर्ब डलर रुपैयाँको प्याकेज घोषणा गरेको छ । गरिब र महामारीले संवेदनशील परिवारहरूका लागि भारत सरकारको निरन्तर प्रयासलाई ध्यानमा राख्दै विश्व बैंकले यो सहयोग गरेको हो । यो प्याकेज सहरी गरिबहरूका लागि सामाजिक सुरक्षालाई सन्तुलनमा राख्न महत्वपूर्ण हुने विश्व बैंकले विश्वास लिएको छ ।
यस अघि पनि एशियाली विकास बैंकले भारतलाई कोरोनाको सहयोगका लागि भारतलाई १.५ अर्ब डलरको प्याकेज घोषणा गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]