भारतीय अर्थमन्त्रीद्धारा करिब ६ लाख करोडको राहत प्याकेज घोषणा

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले करिब ६ लाख करोडको राहत प्याकेज घोषणा गरकी छन् । अर्थमन्त्री निर्मला सीतारमणले आत्मनिर्भर भारतका पाँचवटा स्तम्भ रहेको बताएकी छन् । जसमा अर्थव्यवस्था, पूर्वाधार, सिस्टम, डेमोग्राफी र माग रहेको उनको भनाई छ । कोरोनाबाट थलिएको अवस्थामा आफ्ना जनतालाई आर्थिक प्याकेज ल्याउने क्रममा उनले यस्तो बताएकी हुन् । बुधबार अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक प्याकेजसँग सम्बन्धित महत्वपूर्ण घोषणा गरकी हुन् । पहिलो चरणमा निर्मला सीतारमणले तर्फबाट एमएसएमई, घर जग्गा र करदाताहरूसँग सम्बन्धित घोषणा गरेकी छन् । अर्थमन्त्रीले करिब ६ लाख करोडको राहत प्याकेज घोषणा गरकी हुन् ।

घोषणामा रहेका महत्वपूर्ण विषयहरु यस्ता छन् ।

• एमएसएमई क्षेत्रका लागि बिना ग्यारेन्टी ३ लाख करोडको लोन सुबिधा
•ग्यारेन्टी बिनाको फ्री लोनले ४५ लाख एमएसएमई लाभान्वित हुनेछन् ।
•एमएसएमईलाई ४ वर्षको लागि लोन दिइनेछ ।
•यसबाट २५ करोडसम्मको लोनले १०० करोड टर्नओवर वाला हरुलाई फाइदा हुनेछ ।
•पहिलो १२ महिनासम्म मूलधन चुकाउन नपर्ने
•३ लाख करोडबाट २० करोड NBFC को लागि

•एमएसएमईको लागि ५०,००० करोडको फंड अफ फंड बन्ने

•एमएसएमईयसलाई ई-बजार लिङ्क गरीने
•Discom मा ९० हजार करोडको नगद हालिने
•१० करोडदेखि ५० करोडवाला कम्पनीहरु स्मल कम्पनी रहने ।
•२०० करोडभन्दा कम हुने ग्लोबल टेंडर मा नरहने एमएसएमईहरू लाई सुविधा दिइनेछ ।
•ईपीएफमा २५०० करोड लगानी हुनेछ ।
•EPF को लागि दिइएको राहत जुन, जुलाई र अगस्टमा दिइने

•ईपीएफमा सरकारी सहयोगबाट ७२ लाख कर्मचारीलाई फाइदा हुने
•प्रतिशतको टीडीएस रेटमा २५ प्रतिशत कटौती

•आयकर रिटर्न भर्ने समय बढाइयो

•ठेकेदारहरूलाई ठूलो राहतको घोषणा गर्दै अर्थमन्त्रीले केन्द्रीय एजेन्सीहरूले ठेकेदारलाई कुनै शुल्क बिना काम पूरा गर्न थप ६ महिनाको समय दिइने  ।

•घर जग्गा विकासकर्तालाई ठूलो राहतमा सरकारले परियोजना सम्पन्न गर्न र रजिष्ट्रेसनको म्याद ६ महिना थप 

सरकारले देशलाई सम्बोधन गर्दै प्याकेजको घोषणा गरका थिए । प्याकेज कोरोना संकटको अवधिमा देशलाई आत्मनिर्भर बनाउन संकल्पका साथ ल्याइएको हो । यी प्याकेजहरू देशका मजदुर, किसान, मध्यम वर्ग, कुटीर उद्योग र एमएसएमई क्षेत्रका लागि रहेको बताइएको छ ।