May 11th, 2020

साउदी अरबले भ्याट तीन गुणा बढायो, अर्थव्यवस्थामा सुधार ल्याउन खर्चमा २६ अरब डलरको कटौती

साउदी अरेबियाले कोरोना भाइरस संक्रमणका कारण प्रभावित अर्थतन्त्रको स्थिति सुधार गर्न भ्याट तीन गुणा बढाउने निर्णय गरेको छ ।यसका साथै सरकारले वित्तीय घाटा कम गर्न सरकारी कर्मचारीहरुलाई दिइने भत्तामा पनि रोक लगाएको छ । तेलको धनी मानीने साउदीले कोरोना भाइरसको कारण विश्वव्यापी रूपमा लकडाउन गरेकाले तेलको मूल्यमा गिरावट आउँदा धेरै नोक्सानी बेहोर्नुपरेको छ ।
साउदी अरेबियाले दुई वर्ष पहिले मात्र भ्याट लागू गरेको थियो ।

साउदीको सरकारी समाचार एजेन्सीको रिपोर्ट अनुसार भ्याटको दर पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत गरिएको छ । नयाँ कर दर जुलाई १ देखि लागू हुनेछ ।

यस वर्ष खाडी देशहरूमा आर्थिक मन्दी रहने
अन्तराष्ट्रिय मुद्रा कोषले तेल उत्पादन गर्ने खाडी देशहरूले यस बर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने अनुमान गरेको छ । साउदी अरेबियाका अर्थमन्त्री तथा अर्थव्यवस्था तथा योजनाका कार्यवाहक मन्त्री मोहम्मद अल-जादनले भने, “हामीले यस्तो संकटको सामना गरिरहेका छौं, जुन आधुनिक इतिहासमा संसारले कहिल्यै देखेको छैन, जुन अनिश्चितताको प्रतीक हो ।” आधिकारिक साउदी प्रेस एजेन्सीले जारी गरेको विज्ञप्ति अनुसार उनले हाल गरीएका उपायहरु जति गाह्रो छ उति नै व्यापक वित्तीय र आर्थिक स्थिरता कायम गर्न आवश्यक र लाभदायक पनि रहेको बताएका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा २०२० को पहिलो त्रैमासिकमा सरकारको राजस्व २२ प्रतिशतले घटेको छ र घाटा ९ अर्ब डलरसम्म पुगेको छ । यस अवधिमा, तेलबाट आम्दानी गत वर्षको समान त्रैमासिकको तुलनामा २४ प्रतिशतले घटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]